अबदेखि खाजाको समयमा पनि सेवा

ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको छ । अदालतको प्रशासन शाखाले सूचना जारी गर्दै कर्मचारीलाई खाजा समयमै पनि सेवा प्रवाह निरन्तर राख्न निर्देशन दिएको हो ।

बिज्ञापन

यसअघि कर्मचारीहरुका लागि प्रत्येक आईतबारदेखि बिहीबारसम्म १ः ३० देखि २ः३० बजेसम्म र शुक्रबार १ देखि २ सम्म दिउँसोको खाजा समय तोकिएको थियो । तर, मंगलबारदेखि अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

बिज्ञापन

जिल्ला अदालतद्धारा जारी सूचनामा भनिएको छ,यस अदालतमा कार्यरत कर्मचारीहरुका लागि दिउँसोको खाजा समय प्रत्येक आईतबारदेखि बिहीबारसम्म १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबार १ः०० देखि २ः०० सम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेकाले आज मिति २०८२/१२/१७ देखि अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्पूर्ण सेवाग्राहीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

यो निर्णय कार्यन्वयनमा गएसँगै सेवाग्राहीले अब अदालतबाट सेवा लिन खाजा समय कुर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

अबदेखि खाजाको समयमा पनि सेवा

सुशासन एकाइ गठन, संयोजक तोकिए सहसचिव तामाङ

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

बिशेष