विचौलिया भट्ट कालोसूचीमा

बालेन नेतृत्वको नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न व्यक्तिहरूमाथिको अनुसन्धानलाई सरकारले तीब्रता दिइरहँदा एक विचौलियाको पासपोर्ट रोक्का गरिएको छ ।
विगतका सत्तामा सरकार निर्माण गर्नेदेखि गिराउनेसम्मको काममा सक्रिय रहेका विचौलिया दीपक भट्टको राहदानी रोक्का गरिएको जनाइएको छ । अध्यागमन विभागले व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरेको हो ।  भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसूचीमा राखेको जनाइएको छ । अध्यागमन विभागले भट्टको पासपोर्ट रोक्का गरेको जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टको पासपोर्ट रोक्का गरिएको अध्यागमन विभागले जनाएको छ ।भट्को पासपोर्ट रोक्का भएसँगै उनी त्रिविवि अन्तरािष्ट्रय विमानस्थलको बाटो प्रयोग गरेर विदेश उडान गर्न सक्ने छैनन् ।

बिज्ञापन

भट्ट विगतमा सुरक्षा निकायको बन्दोबस्तीका सामग्री तथा हातहतियार आपूर्तिकर्तादेखि जलस्रोत क्षेत्रमा विदेशी कम्पनी ल्याउने कन्सल्ट्यान्टसम्मको भूमिकामा सक्रिय थिए । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट नेपालका ठूला जलविद्युत् आयोजनाको ठेक्कामा जोडिन्छन् । खासगरी, भारतीय र चिनियाँ कम्पनीलाई नेपाल विद्युत् प्राधिकरणसम्म जोड्ने कन्सल्ट्यान्टको रूपमा भट्ट जोडिएका थिए ।

बिज्ञापन

त्यसैको उपज धितोपत्र वोर्ड,राष्ट्र बैंक,बीमा प्राधिकरणका प्रमुखहरुको नियुक्तिमा उनै भट्ट हाबी हुँदै आएका थिए । कतिसम्म भने उनी सरकार बनाउने र गिराउने सूत्राधार समेत रहेको जानकारहरु बताउँछन् । रोचक त भट्टकै इच्छा अनुसार नचल्दा कतिपय मन्त्रीहरु बर्खास्त गरेको भट्टमाथि आरोप लाग्ने गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

अख्तियार विकासको सबैभन्दा ठूलो अवरोध बन्यो:- पूर्वसचिव उपाध्याय

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

बिशेष