बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले भ्रष्टाचार, अनियमितताका ठूल्ठूला फाइलहरु खोलिरहँदा कर्मचारीहरुले भने घुस लिन छाडेका छैनन् । प्रधानमन्त्री,मन्त्री,सांसदसम्मका पूराना फाइलहरु खोतल्दै धमाधम पक्राउ गरिरहँदा एक कर्मचारी भने तीस हजार घुससहित पक्राउ परेका छन् । त्यो पनि अन्यन्त्र होइन मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै अगाडि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलबाट ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन तथा निरीक्षण शाखामा कार्यरत प्राविधिक सहायक सञ्जय चौधरीलाई ३० हजार घुससहित पक्राउ गरेको हो । उद्योग नवीकरण गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेर दुःख दिएको उजुरीका आधारमा अख्तियारको टोलीले विभाग परिसरबाटै चौधरीलाई पक्राउ गरेको हो । चौधरीको साथबाट घुस रकमसहित दुई थान मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

केही बर्ष अगाडि सोही विभागका एक इञ्जिनियर योगेन्द्र ढुंगेल यसैगरी १ लाख ५० हजार घुससहित पक्राउ परेका थिए । मिनरल वाटर उत्पादन गर्ने कम्पनीका लागि अनुज्ञा पत्र लिन गएका व्यवसायीसँग घुस मागेको थिए ढुंगेलले । अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनलाई पनि ववरमहलबाटै पक्राउ गरिएको थियो । र,संयोग यी दुबै कर्मचारीहरु विभाग परिसरबाटै पक्राउ पर्दा महानिर्देशकको कुर्सीमा मतिना वैद्य कार्यरत छिन् । उसो त वैद्यलाई सो विभागको स्थायी डिजीको रुपमा चिन्छन्,कर्मचारीहरु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

बिशेष