पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। आज मध्यान्ह १२ बजेर ३४ मिनेटको साइतमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ।

बिज्ञापन

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो। आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने र पहिलो क्याविनेट बैठक राखेर सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक प्रशासन सुधारका लागि सबै मन्त्रालयका सचिवहरूसँग सुधारका योजनाहरू माग गरिएको थियो र स्रोतका अनुसार बालेनको निर्देशनमा मुख्य सचिव सुमनराज अर्यालले सचिवहरूलाई पत्राचार गर्दै ५–५ सुधारका योजना पठाउन भनिएको थियो। बालेनको निर्देशनअनुसार मुख्यसचिव सुमनराज अर्यालको कार्यालयबाट सचिवहरूलाई पत्राचार गर्दै हरेक मन्त्रालयबाट पाँच पाँच वटा सुधारका योजना माग गरिएको छ ।

बिज्ञापन

पत्रमा लेखिएको छ,हरेक मन्त्रालयबाट कम्तीमा ५ वटा ठोस सुधारका कार्यहरू प्रस्ताव गरी आगामी चैत्र १२ गते दिउँसो एक बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउनुहुन श्रीमान्, मुख्य सचिवज्यूको निर्देशन अनुसार अनुरोध छ ।
पत्रमा चार वटा उदाहरण पनि लेखिएका छन्, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हकमा संघीय निजामती सेवा ऐन संसद सुरु भएको ५ दिनभित्र पेश गरिने,सेवा समूह सञ्चालन गर्ने निकायको हकमा अनलाइन सरुवा प्रणाली ३० दिनभित्र लागू गरिने, परराष्ट्र मन्त्रालयको हकमा मा पासपोर्टको आबद्धता १५ दिन भित्र गरिने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हकमा हेलो सरकारमा प्राप्त समस्या ७ दिन भित्र सम्बोधन गरिने ।

मन्त्रिपरिषद्को पहिलो बैठकबाट गर्ने निर्णय सम्बन्धमा मुख्यसचिव सुमनराज अर्याल र बालेनको टीमका सदस्यहरूबीच बिहीबार छलफल समेत भएको बताइएको छ ।

बिज्ञापन

सचिवहरूको सुझावका आधारमा आजै बस्ने क्याविनेटले प्रशासनिक सुधारको  क्षेत्रमा ऐतिहासिक निर्णय लिनसक्ने बताइएको छ । जसमा मन्त्रालयको संख्या घटाउने, सरकारी कार्यालय खारेजी या गाभ्ने जस्ता कामबाट प्रारम्भ हुने जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

बिशेष