भदौ २३ र २४ का घटनाको छानबिनका निम्ति पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।
बिज्ञापन
९०७ पृष्ठ लामो प्रतिवेदनमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडी,प्रहरीका दुवै संगठनका प्रमुखहरुलाई कारवाहीको सिफारिस गरिएको छ ।
प्रतिवेदनमा तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र बल नेपालका महानिरीक्षक श्री राजु अर्याल, तत्कालीन प्रमुख हुतराज थापा, राष्ट्रिय अनुसन्धान विभाग, तत्कालीन प्रजिअ श्री छविलाल रिजाल, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई कारवाहीको सिफारिस गरिएको छ ।
प्रतिवेदनमा गृह मन्त्रालयका सहसचिव प्रकाश पौडेल,उपसचिव कमल पाण्डे र कम्प्युटर अपरेटर ज्ञानु थापालाई नगद पुरस्कारबाट सम्मानित गर्न सिफारिस गरिएको छ । यस्तै, नेपाल प्रहरीतर्फ नायव उपरीक्षक विष्णुप्रसाद सोती, मुकेशकुमार तिवारी,प्रहरी निरीक्षक गजेन्द्र रावल तथा प्रहरी हवल्दार जयकिशनप्रसाद कुर्मीलाई पनि पुरकारका लागि सिफारिसमा परेका छन् ।
बिज्ञापन
उत्कृष्ट कार्यसम्पादन भन्दै प्रहरी सहायक हवल्दार निराज नेपाली र हरिप्रसाद जैशीलाई एक तह बढुवा गर्नुपर्ने आयोगको सुझाव छ । आयोगका अनुसार घटनाका क्रममा जिम्मेवारी बहन गर्ने क्रममा देखिएको सक्रियता, जोखिमपूर्ण अवस्थाबीच गरिएको कार्यसम्पादन तथा विशेष योगदानका आधारमा उनीहरूलाई सम्मान र प्रोत्साहन आवश्यक ठहर गरिएको छ ।


























