धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

जाँदा जाँदै शहरी विकासमन्त्री कुमार इङ्‍नाम किन खनिएका होलान सचिव र महानिर्देशकसँग ?

बिज्ञापन

यो घटनाक्रम बुझ्न गत २५ पुसमा फर्कनुपर्दछ । सो दिन मन्त्री इङ्‍नामको पदभार ग्रहण कार्यक्रम राखिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रहेका इङ्‍नामलाई तत्कालीन मन्त्री कुलमान घिसिङले राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले घिसिङले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी मन्त्री इङ्‍नामलाई दिएकी थिइन ।

बिज्ञापन

सो मन्त्रालयमा पदभार ग्रहणदेखि विदाईसम्म मन्त्रीका लागि सुखद रहेन । २५ पुसमा सो मन्त्रालयमा पदभार ग्रहणका लागि दिँउसो २ बजेको समय तय भएको थियो तर पदभार ग्रहण कार्यक्रममा मन्त्री पुग्दा सचिव गोपालप्रसाद सिग्देललगायतका अधिकारीहरु समयमा कोही नपुग्दा कर्मचारीहरुबीच शुरुमै व्याड इम्प्रेसन बन्न पुगेको उनी निकट स्रोतले जनाएको छ ।

गत बिहिबार मन्त्री इइङ्नामले धन्यवाद कार्यक्रम राख्नका लागि निर्देशन दिएका थिए तर सचिव र महानिर्देशकहरुमा एक प्रकारको भय थियो । स्रोतले भन्यो ‘त्यही कारण सचिव गोपाल सिग्देल र महानिर्देशक रवीन्द्र बोहराहरुले कर्मचारीहरुलाई धन्यवाद ज्ञापन दिने कार्यक्रमलाई मन्त्रीको विदाइ कार्यक्रम बनाइदिएसँगै मन्त्री रुष्ट भएर आक्रोश पोखेका’ छन् ।   मन्त्री निकट स्रोतका अनुसार,उनी संघीय संसद भवनको निर्माण समयमा सम्पन्न नभएका कारण सचिव र डिजीसँग रुष्ट रहँदै आएका थिए । कागजमा ९२ प्रतिशत कार्यसम्पन्न देखाइन्छ तर निर्माणाधीन संघीय संसद भवन परियोजनाअन्तर्गत १२ वटा भवनमध्ये कुनै पनि पूर्ण रुपमा सम्पन्न नहुँदा उनी ठेकेदारलाई कसेर समयमा काम सम्पन्न गराउनुपर्ने अडानमा थिए तर चिनियाँ ठेकेदार कम्पनीसँगको संयुक्त साझेदारीमा नेपाली कम्पनी तुँदी कन्स्ट्रक्सनले ठेक्का पाँचौँ पटक म्याद थप हुँदासमेत काममा उस्तै ढिलासुस्ती हुँदा मन्त्री रुष्ट थिए,ठेकेदार कम्पनीका अलवा कर्मचारीहरुसँग समेत ।

बिज्ञापन

मन्त्री इइङ्नामका अनुसार सम्झौताअनुसार काम नहुँदा ठेकेदारलाई दैनिक २७ लाखसम्म पेनाल्टी तिराउन सकिने स्थिति थियो । उल्टै ठेकेदारकै स्वार्थअनुसार, कर्मचारीहरूले ७० करोड भेरियसन बढाएको भेटिएसँगै मन्त्रीले सो दिन आक्रोश पोखेका हुन । असक्षमको आरोप लगाउँदै विभागको महानिर्देशक सरुवा गर्न खोज्दा चौतर्फी रूपमा असहयोग भएको मन्त्रीको भनाई छ ।

सिनियारिटीको आधारमा पठाउनुपर्छ भन्दा तीन करोड घुस लिएर कर्मचारी सरुवा गर्न खोजेको भनेर प्रचारबाजी गरिएकोप्रति मन्त्री रुष्ट रहे । मन्त्रीले सिनियारिटीको आधारमा त्यहाँ पद्म मैनाली वा चक्र कण्ठहरुलाई पठाउन खोज्दा उल्टै घुस लिएर कर्मचारी सरुवा गर्न खोजेको भनेर प्रचारबाजी गरिएकोप्रति रुष्टता थियो ।

सहरी विकासका सचिव,सहसचिव तहका कर्मचारीहरुले धेरै खेलोफड्को गर्ने, ठेकेदारहरूसँगको नेक्सस, २ देखि ५ प्रतिशतको कमिसन सेटिङ र आर्थिक वर्षको अन्त्यमा झोला बोकेर हिँड्ने प्रवृत्ति रहेको र भेरिएसनलाई भ्रष्टाचारको मुख्य हतियारको रूपमा प्रयोग गर्ने गरेको असन्तृष्टि सोही कार्यक्रममा पोखे भने यो असन्तृष्टि अहिले विभिन्न सञ्चार माध्यममा सार्वजनिक भइरहेका छन् । यी र यस्तै कारणले हो मन्त्री इङ्नाम ‘कर्मचारीतन्त्र’ सबैभन्दा भ्रष्ट रहेको आलोचना गर्दै मन्त्रालयबाट बिदा हुनुपरेको ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

बिशेष