उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

देशभरका ७५३ स्थानीय तहमध्ये १७४ पालिका निमित्तको भरमा चलिरहेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकका अनुसार ५७९ स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइँदा १७४ पालिकामा दरबन्दी अनुसारको कर्मचारी खटाउन नसकेको हो ।

बिज्ञापन

सरकारले महानगरपालिका र उपमहानगरपालिकामा सहसचिव,नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाउँदै आएको छ । देशका ६ वटा महानगरपालिकाहरूमा सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृतहरूको पदपूर्ति भएका छ । देशभरका उपमहानगरपालिकाहरूमध्ये ६ वटामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत छैनन् । मन्त्रालयका अनुसार,जनकपुर,कलैया,बुटवल,घोराही र तुल्सीपुर उपमहानगरपालिकामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ ।

बिज्ञापन

यस्तै,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाको मुखमा रहेका ३३ जना कर्मचारीहरुलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित विभिन्न स्थानीय तहमा पठाउँदा समेत निमित्त हटाउन सकेको छैन । दरबन्दी अनुसार कर्मचारी खटाउन नसक्दा सामान्यले कतिपय पालिकाहरुमा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएको थियो ।

मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसके पछि र निमित्तको राज हटाउन नसके पछि ‘नयाँ आइडिया’ फुर्याएको थियो । बढुवाको मुखमा रहेका शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउने कामको श्री गणेश गरेको थियो मन्त्रालयले ।

बिज्ञापन

यस अघि नगरपालिकाहरुमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव खटाउने गरेकोमा खटाएका ठाउँमा कर्मचारी जान नमानेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा समेत शाखा अधिकृतलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउन थालेको थियो । यस अघि दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको कर्मचारीमध्ये बरिष्ठ कर्मचारीलाई आर्थिक र प्रशासनिक अधिकारसहितको निमित्तको जिम्मेवारी दिइदैं आएकोमा अब निमित्तको राज हटाउन भन्दै मन्त्रालयले १० वर्ष अनुभव भएका शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउँदा समेत ९० वटामा नगरपालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । यस्तै देशभरका ७८ वटा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी भद्रगोल मधेस प्रदेशमा देखिन्छ । सो प्रदेशका ५७ वटामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । सुदूरपश्चिममा ३४ र कर्णाली प्रदेशका ३२ वटा स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन,मन्त्रालयले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

कर्मचारीतन्त्रमा ठूलो रिफर्म प्रस्ताव: मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

बिशेष