१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बढुवा समितिको सचिवालयले १३ जना कर्मचारीलाई शाखा अधिकृत तहमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेका नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूह,निरीक्षण उपमूहका ११ र नेपाल शिक्षा सेवा,मुद्रण समूह,मुद्रण व्यवस्थापन उपसमूहका २ गरी १३ जना नासु तहका कर्मचारीहरु शाखा अधिकृत बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

जस अनुसार, नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूह,निरीक्षण उपमूहतर्फ राधाकृष्ण जोशी,श्याम बहादुर विक,प्रमिला शर्मा,माधवी पुन,खड्गबहादुर केसी,शिवशंकर चौलागाई,धनबहादुर शाही,उल्झन अधिकारी,बिरेन्द्र कुसियैत,तयन्द्र कुमार राई र शिव प्रसाद सुयल रहेका छन् ।

यस्तै,नेपाल शिक्षा सेवा,मुद्रण समूह,मुद्रण व्यवस्थापन उपसमूहका गिता मैया श्रेष्ठ र प्रकाश पन्त पनि शाखा अधिकृत बढुवका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

समितिले उनीहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यस्तै समितिले प्राविधिक अधिकृत,शिक्षा,शिक्षा प्रशासन गणित उपसमूह,मनोविज्ञानवेत्ता,पाठ्यक्रम विज्ञ,शिक्षा,परीक्षण तथा मूल्यांकन,कर्मचारी परीक्षण तथा मूल्यांकन र संष्कृत उपसमूहतर्फ रिक्त हुन पुगेको एक एक पदमा लागि कुनै पनि उमेद्धारको दरखास्त नपरेको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष