एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

रसुवा — मानवीय सेवाका लागि प्रयोग हुनुपर्ने एम्बुलेन्सलाई तस्करीको माध्यम बनाएको घटना रसुवामा सार्वजनिक भएको छ। प्रहरीले करिब ७० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका चिनियाँ चुरोटसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार २०८२ चैत ६ गते साँझ करिब ८ बजे उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावतीस्थित पासाङ ल्हामु राजमार्ग सडकखण्डमा प्रहरी चौकी बेत्रावतीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा गुडिरहेको एम्बुलेन्सलाई रोकेर जाँच गरेको थियो।

बिज्ञापन

जाँचका क्रममा बागमती प्रदेश ०१००२ झ ७४२६ नम्बरको एम्बुलेन्सभित्र ठूलो परिमाणमा अवैध चिनियाँ चुरोट फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ‘होर्मोनाइजेसन’ लेखिएको ३ हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरिएको छ, जसको अनुमानित बजार मूल्य ७० लाख ९२ हजार रुपैयाँ रहेको छ।

प्रहरीले उक्त एम्बुलेन्ससहित चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानले एम्बुलेन्सलाई आवरण बनाएर ठूलो परिमाणमा चुरोट तस्करी गर्ने प्रयास भएको संकेत गरेको छ।

बिज्ञापन

सामान्यतया बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्सलाई अवैध कारोबारको माध्यम बनाइएको घटनाले सुरक्षा संयन्त्रलाई पनि गम्भीर बनाएको छ। यस घटनाले सीमावर्ती क्षेत्र हुँदै हुने अवैध तस्करी अझै नियन्त्रणबाहिर रहेको प्रश्न पनि उठाएको छ।

प्रहरीले एम्बुलेन्ससहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा रसुवा आमाछोदिङमो गाउँपालिका वडा नं. ३ घर भएका ४३ वर्षीय एम्बुलेन्स चालक दावा नुर्पु तामाङ,सोही गाउँपालिका वडा नं. ५ घर भएका २७ वर्षीय मार्कुस तामाङ,३२ वर्षीय सुशिल तामाङ, तथा ३६ वर्षीया सुनिता तामाङ रहेका छन्।

प्रहरीका अनुसार एम्बुलेन्सलाई आवरण बनाएर ठूलो परिमाणमा चिनियाँ चुरोट ओसारपसार गर्ने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। मानवीय सेवाका लागि प्रयोग गरिने एम्बुलेन्सलाई अवैध कारोबारका लागि प्रयोग गरिएको घटनाले सीमावर्ती क्षेत्रमा हुने तस्करीको जालो अझै सक्रिय रहेको संकेत गरेको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

बिशेष