प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष,निमित्त प्रमुख प्रशासकीय अधिकृत,लेखापाल र एक चलचित्र निर्मातासमेत गरी चार प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अछामको ढकारी गाउँपालिकाको लगानीमा निर्मित नेपाली चलचित्र ‘अन्धपथ’को निर्माण गर्दा सार्वजनिक खरिद ऐनलाई लत्याइएको,मनलाग्दी ढंगबाट पेश्की रकम दिइएको,रकमान्तर गरिएको लगायतका बदनियत सार्वजनिक भएसँगै अख्तियारले आरजे मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र अन्धपथका निर्माता, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद, आर जे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्साल भन्ने राम बहादुर लम्साललाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा लगेको हो ।

बिज्ञापन

उनीहरुको आपसी मिलेमत्तो गरी बदनियतपूर्वक सार्वजनिक खरिद नियमावलीको प्रावधान प्रतिकूल बजेट नै विनियोजन गरी प्रचलित कानुनबमोजिमको खरिद आवश्यकताको पहिचान, लागत अनुमान निर्माण लगायतको खरिद कारबाहीको तयारी नगरी नगराई चलचित्र निर्माणका सम्झौता गरे गराएको भेटिएसँगै उनीहरुलाई प्रतिवादी बनाउँदै अख्तियारले मुद्धा चलाएको छ ।

सार्वजनिक निकायले खरिद सम्झौता पश्चात आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकबाट अग्रीम बैङ्क जमानत लिई खरिद सम्झौता रकमको बीस प्रतिशतमा नबढ्ने गरी पेश्की दिन सक्नेछ” भन्ने कानुनी व्यवस्थाको प्रतिकूल कानुनले तोकेको सीमा बीस प्रतिशत भन्दा बढी ३५ प्रतिशत पेश्की दिने सर्त राखेको र सो सम्झौताको सर्त समेत विपरीत हुने गरी ५८ प्रतिशत पेश्की दिए दिन लगाएको, त्यसैगरी अग्रिम पेश्की जमानत नलिई पेश्की दिन नहुनेमा बैङ्क जमानत विना नै पेश्की दिएको देखिएको अख्तियारले जनाएको छ ।
यस्का अलवा चलचित्र निर्माणका लागि गरेको बिलहरू हेर्दा सत्यता पुष्टि हुने आधार नै नदेखिएको र सोही झुट्टा तथा नक्कली बिलहरूको आधारमा थप खर्च गरे गराएको, सार्वजनिक, सरकारी सम्पत्ति बदनियतपूर्वक आफूसमेतलाई लाभ हुने गरी हिनामिना, दुरूपयोग एवं मास्ने कार्यलाई ढाकछोप गर्न गैरकानुनी तरिकाले आफूसमेत मुख्य भई कार्य गरेका राष्ट्रसेवक प्रतिवादीहरूको संलग्नतामा हिँउदे अधिवेशनबाट कार्यक्रम संशोधन तथा रकमान्तर गरी गराई मिलेमतो तथा योजनामा बदनियत राखी आफ्नो पद तथा ओहदाको दुरूपयोग गरेको अख्तियारको अनुसन्धानबाट पृष्टि भएको आयोगले जनाएको छ ।
यो सँगै अख्तियारले ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदका अलवा आर जे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्साल भन्ने राम बहादुर लम्साल समेतलाई प्रतिवादी बनाउँदै अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । प्रतिवादीहरुबाट अख्तियारले १२ लाख ७७ हजार विगो र सोही विगो अनुसारको जरिवना र कारवाहीको माग राखेको छ ।

बिज्ञापन

सो चलचित्रको निर्माता हुन रामकाजी लम्साल । महानायक राजेश हमाल, सुनिल थापा, सुभाष गजुरेल, उत्तम केसी, सञ्जीत भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल लगायतका कलाकारको अभिनय रहेको सो चलचित्र निर्माणका लागि ढकारी गाउँपालिकाले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

सहसचिवको उमेद्धार योग्यताक्रमबाटै आउट

रोलक्रम भङ्ग गर्दै पोखरेल एआइजी सिफारिस, सशस्त्र प्रहरीभित्र चर्कियो असन्तुष्टि

बोहरा सहसचिवमा सिफारिस हुँदा बैकल्पिकमा परेका रिमालको भाग्य चम्कियो

बिशेष