सबइन्जिनियरको करार अवधि थप्न खातामै एक लाख घुस

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

सबइन्जिनियरको करार सेवा थप गर्न एक लाख घुस लिएको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मेयर वादीले नगरपालिकाका असिस्टेन्ट सबइन्जिनियर मोहन शाहसँग करार अवधि थपिदिन एक लाख घुस लिएको अख्तियारको दाबी छ । उनले दोस्रो पटक करार अवधि थप्नका लागि पनि पुनः एक लाख घुस मागेको, तर शाहले नदिएपछि बर्खास्त गरिएको आरोप पत्रमा उल्लेख छ ।

बिज्ञापन

उनले बैंक खातामै सहायक सबइन्जिनियर मोहन शाहसँग घुस लिएको अख्तियारको छानबिनबाट पृष्टि भएको छ । नगर प्रमुख वादीले आर्थिक वर्ष २०७९/ ०८० मा करार म्याद थप गरिदिने सर्तमा मोहन शाहसँग १ लाख घुस लिएका थिए। शाहले २०८० साउन ८ गते वादीको बैंक खातामा उक्त रकम जम्मा गरेको प्रमाणसमेत पेश भएको जनाइएको छ। आयोगका अनुसार घुस रकम दिएपछि शाहको असिस्टेन्ट सब–इन्जिनियर पदमा करार म्याद थप गरिएको थियो। तर पुनः आर्थिक वर्ष २०८२/०८३ का लागि नवीकरण गर्न थप रकम मागिएको र उपलब्ध गराउन नसकेपछि शाहलाई सेवाबाट हटाइएको उजुरीमा उल्लेख छ।

अनुसन्धानबाट नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गर्दै सेवामा निरन्तरता दिलाइदिने नाममा घुस लिएको पुष्टि भएको आयोगको दाबी छ। उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर लगाइएको छ । उक्त कसुरमा बिगो १ लाख कायम गरी कैद, जरिवाना र घुस रकम जफतको माग गरिएको छ। साथै सार्वजनिक पदमा रहेका कारण थप सजायको माग पनि गरिएको छ।

बिज्ञापन

वादी तत्कालीन माओवादी केन्द्रबाट मेयरमा विजयी भएका हुन्।मेयर वादीले भने आफूले घुस नलिएको बताएका छन् । पोखराको एक कार्यक्रममा जाँदा एक लाख सापटी मागिएको र उक्त रकम त्यतिबेलै फिर्ता गरिएको भए पनि अहिले अदालतमा मुद्दा दर्ता हुनु आश्चर्यजनक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष