नगरपालिकामा घुस काण्ड : नगर प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

रूकुम (पश्चिम)को चौरजहारी नगरपालिकामा करार कर्मचारीको म्याद थपका नाममा घुस लिएको आरोपमा नगर प्रमुख पुष्प वादीसहित असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नगरपालिकामा विगत ८ वर्षदेखि करार सेवामा कार्यरत मोहन शाहको सेवा करार म्याद थप गरिदिने सर्तमा नगर प्रमुख वादीले एक लाख रुपैयाँ घुस मागेको उजुरी प्राप्त भएको थियो। उजुरीअनुसार शाहले २०८० साउन ८ गते (२४ जुलाई २०२३) नगर प्रमुख वादीको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेको बैंक भौचरसमेत पेश गरेका थिए।

बिज्ञापन

अनुसन्धानका क्रममा उक्त रकम घुस/रिसवतकै रूपमा लिएको पुष्टि भएपछि नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गरी करार म्याद थप गर्ने निर्णय गरिदिएको र त्यसबापत रकम लिएको स्थापित भएको आयोगले जनाएको छ। यसरी सार्वजनिक पदमा रहँदा सेवाग्राहीसँग मोलाहिजा गरी अनिष्ट हुने कार्य गरेको ठहर गर्दै वादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको हो।

आयोगले नगर प्रमुख वादीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना, कैद सजाय तथा लिएको घुस रकम जफत गर्न मागदाबी गरेको छ। साथै, सार्वजनिक पदमा बहाल रहेको अवस्थामा यस्तो कसुर गरेको भन्दै थप सजायको समेत माग गरिएको छ।

बिज्ञापन

यस्तै, घुस दिने पक्षका रूपमा मोहन शाहविरुद्ध पनि सोही ऐनको दफा ३(३) अनुसार मुद्दा दायर गरिएको छ। शाहले आफ्नो करार सेवा अवधि निरन्तर गराउन नगर प्रमुखलाई मोलाहिजा गरी रकम दिएको पुष्टि भएको आयोगले जनाएको छ। त्यसअनुसार शाहविरुद्ध पनि एक लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा घुस रकम जफतको माग गरिएको छ।
आयोगले दुवै प्रतिवादीबाट लिइएको/दिएको घुस रकम जफत गर्न र कानुनबमोजिम सजाय गराउन माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष