बढुवाको मुखैमा अर्काे सहसचिव निलम्बित

सचिव बढुवाका लाइनमा रहेका अर्काे सहसचिव भ्रष्टाचार मुद्धामा तानिएर निलम्बनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध घुस तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरेसँगै अधिकारी स्वत निलम्बनमा परेका छन् । अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला साउन, २०७९ मा घुस लिएको र त्यो रकम दोस्रो तहका मानिसहरु प्रयोग गरेर जग्गा खरिद र ऋण व्यवस्थापनमा काम गरेको अख्तियारको आरोप छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै सचिव हुने बरियताक्रममा रहेका उनी निलम्बनमा परेका छन् ।

बिज्ञापन

अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा घुस प्रकरणमा मुछिएर अहिले निलम्बनमा परेका हुन । उसो त उनी अध्यागमन विभागको महानिर्देशक हुँदा सुन तस्करका नाइके दाबा छिरिङसँगको सम्बन्धका विवादमा तानिएका थिए । यस्तै माओवादीको सत्तामा हुँदा ठूला करदाता कार्यालयका प्रमुख समेत भए ।पछि सुन काण्ड लागेर सामान्यको अतिरिक्त हुँदै उनी प्रदेशतिर झरेर जागिर खाइरहेका थिए ।

बिज्ञापन

अख्तियारले आइतबार एच के इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट राजस्व चुहावटसम्बन्धी छानबिनमा सहजीकरण गरिदिने भन्दै अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोपसहित विशेषमा मुद्धा चलाएको छ । अनुसन्धानका क्रममा उक्त घुस विभिन्न व्यक्तिको खातामार्फत् बैंक तथा वित्तीय संस्थामा जम्मा गरी स्वरूप परिवर्तन गरिएको खुलेको पनि अख्तियारले जनाएको छ। त्यसलाई कर्जा भुक्तानी तथा जग्गा खरिदमा प्रयोग गरिएको पाइएको आयोगले विशेष अदालतमा दायर गरेको मिसिलमा उल्लेख गरिएको छ ।

अधिकारीले उक्त घुस रकम विभिन्न व्यक्ति र बैंक खातामार्फत् घुमाएर कर्जा तिर्न र जग्गा खरिदमा प्रयोग गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। अधिकारी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बूढानीलकण्ठ र बालुवाटारमा पहुँच बनाएर विभागको महानिर्देशक बनेका थिए । अधिकारी तत्कालीन प्रधानमन्त्री प्रचण्डको जिल्लाबासी हुन । राजश्व सेवा समूहबाट माथि नउठेका उनी कहाँ कहाँ राजश्व मार्न पाइन्छ त्यही कार्यालय खोजेर र रोजेरै बस्न सफल हाकिम का रुपमा चिनिन्छन् ।

बिज्ञापन

उसो त उनी यस अघि ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको भन्दै उनलाई सामान्यको बरण्डामा केही समय राखेर प्रदेशतिर खटाइएको थियो । अहिले सचिव हुने बेलामा अर्काे भ्रष्टाचार मुद्धा चलेर निलम्बनमा परेका हुन । सचिव हुने लाइनमा सहसचिवहरु कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, श्रीकृष्ण नेपाल, रुद्रसिंह तामाङ, उत्तरकुमार खत्री,आभा श्रेष्ठ, चक्रबहादुर बुढा, जयनारायण आचार्य भन्दा अगाडि झलकराम सचिव बढुवाको लाइनमा छन् । धमाधम सचिव बढुवा सिफारिस हुने प्रक्रिया शुरु हुनै लाग्दा उनीविरुद्ध भ्रष्टाचार मुद्धा चलेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष