सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

काठमाडौँ — संघीय निजामती कर्मचारीको सरुवा र बढुवासम्बन्धी विवरण अब कर्मचारी व्यक्तिगत विवरण प्रणाली (पीआईएस) मा स्वचालित रूपमा अद्यावधिक हुने भएको छ। यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताबखानाबीच प्रत्यक्ष सूचना आदानप्रदान गर्ने सहमति भएको छ।

बिज्ञापन

मन्त्रालयका सचिव चन्द्रकला पौडेलको उपस्थितिमा राष्ट्रिय किताबखाना र मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबीच वास्तविक समयमै सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाउने समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। उक्त समझदारीपत्रमा मन्त्रालयका तर्फबाट सहसचिव पार्वती शर्मा र राष्ट्रिय किताबखानाका तर्फबाट महानिर्देशक श्रवणकुमार पोखरेलले हस्ताक्षर गरेका छन्।

बिज्ञापन

समझदारीअनुसार कर्मचारी सरुवा, बढुवा तथा अन्य प्रशासनिक निर्णयसँग सम्बन्धित विवरण अब प्रविधिमार्फत प्रत्यक्ष रूपमा पीआईएस प्रणालीमा अद्यावधिक हुने व्यवस्था गरिनेछ। यसका लागि अनुप्रयोग कार्यक्रम अन्तरसम्पर्क प्रणाली (एपीआई) विकास गरी दुवै निकायबीच सूचना साझेदारी गरिनेछ।

यस व्यवस्थाअनुसार राष्ट्रिय किताबखानाले पीआईएस प्रणालीको वास्तविक समयको विवरण मन्त्रालयलाई उपलब्ध गराउनेछ भने मन्त्रालयबाट भएका निर्णयहरू स्वतः पीआईएस प्रणालीमा अद्यावधिक हुनेछन्। यसले कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई थप छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार दुवै निकायका प्राविधिक टोलीले संयुक्त रूपमा विकास गरिरहेको कर्मचारी व्यवस्थापन प्रणाली प्रयोग गर्ने बाटो पनि यस सहमतिले खुला गरेको छ।

बिज्ञापन

उनका अनुसार सार्वजनिक सेवालाई प्रविधिमा आधारित, कागजरहित र प्रत्यक्ष सम्पर्कविहीन प्रणालीतर्फ लैजान मन्त्रालयसँग भएको यो सहकार्य महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ।
यस कदमले संघीय निजामती प्रशासनमा सूचना प्रविधिको प्रयोग बढाउँदै कर्मचारी व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष