अर्थमन्त्री खनाललाई राष्ट्रियसभामा मनोनित गरिने ‘च्याप्टर क्लोज’

वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रिय सभामा लैजाने च्याप्टर क्लोज भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले भने रामेश्वर खनाललाई राष्ट्रियसभा सदस्यमा लैजान जोडबल गरिरहेकी थिइन । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभामा ५९ जना सांसद हुन्छन् । जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८ ८ जनाका दरले चुनिएर आउँछन् भने ३ जना राष्ट्रपतिद्वारा मनोनीत हुने व्यवस्था छ । सोही ३ मध्ये १ सिटमा राष्ट्रपति सुशीलाले खनाललाई लैजाने चाहना राखेकी थिइन । हाल राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कोटाको एक सिट खाली छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट मनोनित भएका वामदेव गौतमको ६ वर्षे कार्यकाल फागुन तेस्रो साता सकिएपछि उक्त सिट रिक्त छ । त्यही ठाउँमा रामेश्वर खनाललाई पठाउन खोजिएको हो ।
सुशीलाको अन्तरिम सरकारलाई सफल बनाउनमा अर्थमन्त्री खनालको उल्लेख्य भूमिका रहेको छ । त्यही कारण उनले रामेश्वरलाई राष्ट्रिय सभामा पठाउने र थप ६ महिना अर्थमन्त्री बनाउने चाहना राखेकी थिइन । खनाल अर्थमन्त्री हुँदा छिमेकी मुलुकसँगको सम्बन्धसमेत मिलाउन सक्ने कूटनीतिक सामर्थ्य राख्ने हुँदा चर्चा गरिएका पात्र स्वर्णीम वाग्लेभन्दा खनाल नै शाहको रोजाइमा पर्ने बुझिएको थियो । यस अघि बालेनको रास्वपाका तर्फबाट निर्वाचित भएका सांसदहरूभन्दा बिषय विज्ञहरुलाई बाहिरबाट मन्त्री बनाइने चर्चा चलेको थियो ।

बिज्ञापन

अहिलेको संविधान अनुसार संसद भित्रैबाट सरकार गठन गर्नु पर्ने स्थिति देखिएको वालेन निकटहरुले जनाएका छन् । उसमाथि रास्वपालाई दुईतिहाइ जनमत प्राप्त भएको अवस्थामा प्रधानमन्त्रीमा नियुक्त हुनुअघि बालेनले कतै संसदबाहिरबाट विज्ञहरू राखेर सरकार गठन गर्न सकिन्छ कि भनेर छलफल चलाए। तर, संविधानअनुसार गैरसांसद मन्त्री ६ महिनाभन्दा बढी पदमा रहन नपाउने भएकाले यो विकल्प तत्काल व्यावहारिक नदेखिएको ती नेताले थप खुलाए ।

बिज्ञापन

तर रास्वपाभित्रको शक्ति सन्तुलन अर्थमन्त्री हुने सम्भवना नदेखेपछि खनाल समेत राष्ट्रिय सभामा नजाने मुडमा पुगेका छन् । पार्टीको आन्तरिक सन्तुलन मिलाउन अर्का उपसभापति डीपी अर्याललाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिने वा अर्का उपसभापति डा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाएर पठाउने तयारी लामिछाने पक्षको रहेको बुझिएको छ । यसरी रास्वपाभित्रको आन्तरिक सन्तुलन मिलाउनु पर्ने हुँदा अर्थ मन्त्री नपाइने देखेपछि अनुसार अर्थमन्त्री खनालले राष्ट्रियसभामा नजाने मनस्थिति बनाएको निकट स्रोतहरुले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष