अर्थमन्त्री खनाललाई नयाँ सरकारमा पनि दोहोर्याउने तयारी, राष्ट्रियसभामा मनोनित गरिँदै

नयाँ सरकार गठनको तयारीसँगै अर्थ मन्त्रालयको नेतृत्वबारे रोचक राजनीतिक समीकरण देखिएको छ। आगामी सरकारको अर्थमन्त्रीको रूपमा अर्थविद् रामेश्वर खनाल लाई पुनः जिम्मेवारी दिने तयारी भएको स्रोतहरूले बताएका छन्।

बिज्ञापन

संकटपूर्ण समयमा मुलुकको अर्थतन्त्र सम्हाल्न खनालले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रधानमन्त्री सुशीला कार्की ले पनि उनको कामको प्रशंसा गरेकी बताइएको छ। त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल समेत खनालको भूमिकाप्रति सकारात्मक देखिएको स्रोतको दाबी छ।

बिज्ञापन

यसैबीच, चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिकको बहुमतसहित सत्तामा पुग्ने स्थितिमा पुगेपछि बालेन शाह को नेतृत्वमा नयाँ सरकार गठनको तयारी तीव्र बनेको छ। बालेनले प्राविधिक र विज्ञहरूको बलियो टोली बनाएर सरकार सञ्चालन गर्ने संकेत दिएका छन्।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको कोटा प्रयोग गरेर खनाललाई सदस्य नियुक्त गर्ने र त्यसपछि उनलाई अर्थमन्त्री बनाउने विकल्पबारे छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्री कार्कीले चाँडै नै उक्त सिफारिस राष्ट्रपतिसमक्ष पठाउने सम्भावना रहेको स्रोत बताउँछ।

बिज्ञापन

यता, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले को नाम पनि अर्थमन्त्रीको रूपमा चर्चा भइरहेको छ। तर बालुवाटारमा भने अनुभवी खनाललाई नै अर्थ मन्त्रालयको नेतृत्वमा दोहोर्याउने विषयमा गम्भीर छलफल भइरहेको बताइन्छ।

यसअघि राष्ट्रियसभामा निर्वाचित १८ जना सदस्यले अध्यक्ष नारायण प्रसाद दाहाल समक्ष शपथ लिइसकेका छन्। अब राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको नाम यही साताभित्र सिफारिस हुने सम्भावना रहेको राजनीतिक वृत्तको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष