सिडिइ साहको कार्यशैली विवादित: कर्मचारी र ठेकेदार आजित

सडक डिभिजन कार्यालय धनकुटाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्र कुमार साहको कार्यशैलीका कारण कार्यालयका कर्मचारीदेखि निर्माण व्यवसायीसमेत आजित बनेको गुनासो आएको छ। कार्यालयभित्र भेदभावपूर्ण व्यवहार र काम बाँडफाँडमा मनोमानी गरेको आरोप उनीमाथि लागिरहेको छ।

बिज्ञापन

कार्यालय स्रोतका अनुसार सिडिइ साहले आफ्नै कार्यालयका इन्जिनियर, सब–इन्जिनियर र सुपरभाइजरहरूमाझ व्यापक भेदभाव गर्ने गरेको कर्मचारीहरू बताउँछन्। विशेषगरी सडक निर्माण तथा मर्मतसम्बन्धी “साइट” अर्थात् फिल्ड जिम्मेवारी बाँडफाँडमा सिन्डिकेटजस्तो अवस्था बनाएको आरोप छ। स्रोतका अनुसार अतिरिक्त रकम दिने कर्मचारी वा पक्षलाई प्राथमिकतामा राखेर साइडको जिम्मेवारी दिने गरिएको दाबी गरिएको छ।

बिज्ञापन

त्यस्तै, फिल्डमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइने इन्धन वितरणमा समेत भेदभाव हुने गरेको गुनासो छ। कर्मचारीहरूका अनुसार हालै फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा पार्टीका उम्मेदवारहरूलाई कार्यालयको इन्धन उपलब्ध गराइएको तर आफ्नै कर्मचारी फिल्डमा जाँदा इन्धन नदिएको आरोप छ।

साहले सरकारी सवारीसाधनको समेत दुरुपयोग गरेको आरोप उठेको छ। स्रोतका अनुसार इनरुवा घर भएका उनले घरायसी सामान ओसारपसार तथा व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडी प्रयोग गर्ने गरेका छन्।

बिज्ञापन

यसअघि सडक डिभिजन कार्यालय तुम्लिङटार, सडक डिभिजन कार्यालय विराटनगर मा कार्यरत रहेका साह भदौ २९ गते धनकुटा सरुवा भएर आएका थिए।

निर्माण व्यवसायीहरूका अनुसार उनले ठेकेदारहरूलाई समेत अनावश्यक दबाब दिने गरेका छन्। एक निर्माण व्यवसायीका अनुसार काममा साना त्रुटि देखाएर ठेक्का तोड्ने धम्की दिँदै मानसिक दबाब दिने प्रवृत्ति देखिएको छ।

साहको यही कार्यशैलीका कारण कार्यालयभित्रको कार्य वातावरण बिग्रिएको र कर्मचारी तथा ठेकेदार दुवै पक्ष असन्तुष्ट बनेको स्थानीय स्रोतको दाबी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तत्कालीन मालपोत प्रमुखसँग १० लाख धरौटी माग

सिडिइ साहको कार्यशैली विवादित: कर्मचारी र ठेकेदार आजित

ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

समानुपातिकबाट ७७ महिला आउँदै,कुन दलबाट कति ?

बालेनको पहिलो काम: निजामती सेवा पुनर्गठन

रास्वपाको दुई तिहाइ पुग्न २ सिट कम, फेरि प्रचण्ड नै निर्णायक

संसदको नयाँ स्वरुप : ६ दल अस्तित्वमा,बढारिए ६ दल

भ्रष्टाचार मुद्धामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर र लेखापाल दोषी ठहर

बिशेष