काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

काठमाडौं उपत्यकाको वायु गुणस्तर अत्यन्त खराब अवस्थामा पुगेको छ। आज बिहान गरिएको मापनअनुसार राजधानीको वायु प्रदूषण निकै अस्वस्थ तहमा पुगेको देखिएको छ।

बिज्ञापन

विश्वका विभिन्न शहरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डस्थित संस्था आईक्यू एयर का अनुसार आज बिहान समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ पुगेको छ। सामान्यतया १५० भन्दा माथि पुगेको अवस्थालाई अस्वस्थ मानिन्छ भने २०० भन्दा माथि पुगेको अवस्था निकै अस्वस्थ श्रेणीमा पर्छ।

बिज्ञापन

नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार ०–५० सम्मलाई राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि पुगेमा वायु गुणस्तर खतरनाक तहमा पुगेको संकेत हुन्छ।

हालको अवस्थाअनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरमध्ये तेस्रो स्थानमा परेको छ। सूचीको पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाका रहेका छन्। यी दुवै शहरमा पनि वायु प्रदूषण निकै अस्वस्थ तहमा पुगेको जनाइएको छ।
वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वायु प्रदूषणका कारण मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी समस्या देखिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष