सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खाली रहेको सचिव पदमा बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको छ।

बिज्ञापन

उक्त पदमा सचिव रहेका रामप्रसाद घिमिरे फागुन १० गते अनिवार्य अवकाशमा गएपछि रिक्त भएको स्थानमा बढुवाका लागि तीन जनाको नाम अघि सारिएको हो। सिफारिस सूचीको पहिलो नम्बरमा कमलप्रसाद भट्टराई, दोस्रो नम्बरमा इन्दु घिमिरे र तेस्रो नम्बरमा इम नारायण श्रेष्ठ रहेका छन्।

बिज्ञापन

पहिलो नम्बरमा सिफारिस भएका भट्टराई हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश मा कामु प्रमुख सचिवका रूपमा कार्यरत छन्। त्यस्तै दोस्रो नम्बरमा रहेकी घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मा सहसचिवका रूपमा कार्यरत छन्। तेस्रो नम्बरमा रहेका श्रेष्ठ केही समयअघि मात्र लागेको आरोपबाट सफाइ पाएपछि पुनः बढुवाको प्रतिस्पर्धामा आएका हुन्।

तर बढुवा प्रक्रिया भने अझै टुंगोमा पुग्न सकेको छैन। लामो समयदेखि मन्त्रिपरिषद् को बैठक बस्न नसकेकाले सचिव बढुवाको निर्णय पनि रोकिएको स्रोतले जनाएको छ। हिजो बस्ने तय भएको मन्त्रिपरिषद् बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो।
यसैबीच अर्थ मन्त्रालय ले नेपाल राष्ट्र बैंक का दुई डेपुटी गभर्नर पद खाली रहे पनि अहिलेसम्म पदपूर्ति प्रक्रिया अघि बढाउन सकेको छैन। यसका कारण राष्ट्र बैंकको उच्च व्यवस्थापन तहमा समेत रिक्तता कायम रहेको

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष