केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

बागलुङ नगरपालिका–३ गुठीमा जन्मिएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

बिज्ञापन

खड्का फोहोर व्यवस्थापनदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपामा प्रवेश गरेका थिए । आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरेका खड्काले बागलुङको छविलाई सुधार्ने योजना रहेको बताए । उनले गुमेको बागलुङको साखलाई फिर्ता ल्याउँदै आर्थिक विकास, रोजगारी, हरित वातावरण र उद्यमशीलतामा जोड दिने बताएका छन् ।

बिज्ञापन

खड्कासँग केमिकल इन्जिनियर, अर्थविद् तथा उद्यमीमा रूपमा काम गरेको अनुभव छ । ‘बागलुङको छोरा, विश्वको ज्ञान—युवा नेतृत्व अबको समाधान’ भन्ने नारासहित उनी चुनावमा होमिएका थिए । समृद्ध बागलुङ र आत्मनिर्भर नेपाल निर्माणको लक्ष्यका साथ राजनीतिमा आएको उनी बताउँछन् ।

शैक्षिक रूपमा खड्काले अमेरिकाबाट केमिकल इन्जिनियरिङ तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उच्च शिक्षा पश्चात् नेपाल फर्किएर खड्का पछिल्लो १२ वर्षदेखि व्यवसाय, हरित उद्यम र सामाजिक सेवामार्फत मातृभूमिको सेवामा सक्रिय रहेका थिए । उनले नीति निर्माणलाई उद्यमसँग जोड्न राजनीतिमा आफ्नो उपस्थिति रहेको बताए । उद्यमसँगै नीति निर्माणमा संसदमा आवाज उठाउने खड्काको प्रतिबद्धता छ ।

बिज्ञापन

“बागलुङलाई हरित उद्यमसँग जोड्ने, गुमेको बागलुङको साख फर्काउने, अलपत्र योजना सक्ने, सम्पर्क कार्यालयमार्फत जनताका गुनासा सुन्ने, जनताको घरमा पुगेर समस्या समाधान गर्ने मेरो लक्ष्य छ”, खड्काले भने, “फोहोर व्यवस्थापन, बागलुङको समृद्धिको खाका बनाएर काम गर्छु ।”

खड्काले नेपालमा रेस्टुरेन्ट, कृषि, फोहोर मैला व्यवस्थापन तथा हरित लगानीसम्बन्धी विभिन्न उद्यम स्थापना तथा सञ्चालन गर्दै आएका छन् । खड्काले ‘अभ्नी भेन्चर्स’ मार्फत देशकै ठुलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल स्थापना गरी सयौँलाई रोजगारी सिर्जना गरेको बताए ।

खड्काले हिमाली जिल्लाहरूमा सरसफाइ अभियान सञ्चालन, रोटरी इन्टरनेशनलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रममा सहभागिता, तथा बागलुङका धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याइसकेका छन् ।

नीतिगत रूपमा खड्का डिजिटल सुशासनमार्फत भ्रष्टाचार अन्त्य, पारदर्शी तथा जनमैत्री सेवा प्रवाह, युवालाई स्वदेशमै रोजगारी, उद्यमशीलताको प्रवर्द्धन, कृषिको व्यवसायीकरण, दिगो पर्यटन विकास, प्राविधिक शिक्षालाई राष्ट्रिय केन्द्रका रूपमा विकास तथा वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने योजना रहेको सुनाए ।

खड्काले बागलुङको सम्भावना, समस्या र अवसरको अध्ययन पश्चात् सङ्घीय संसदमा सशक्त आवाज उठाउन अगुवाइ गर्ने बताउँछन् । जिल्लावासीले पनि उनीबाट केही न केही परिवर्तनको अपेक्षा गरेका छन् । तर त्यसको परिणाम हेर्न भने खड्काको संसदीय यात्रालाई धैर्यका साथ केही समय कुर्नुपर्ने अवस्था छ । रासस

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष