बढुवा,नियुक्तिदेखि म्याद थपसम्म यस्ता छन् क्याविनेटका महत्वपूर्ण निर्णय

मन्त्रिपरिषद्को बैठकले बढुवा,नियुक्ति,म्याद थप लगायतका निर्णयहरु गरेको छ ।

बिज्ञापन

केहीबेर अगाडि सम्पन्न बैठकले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआईजी) अन्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै, सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष र तीन सदस्य नियुक्त गरेको छ । भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला र सदस्यहरुमा काठमाडौँका अभिप्रसाद न्यौपाने, लमजुङका पद्मनिधि सोती र काठमाडौँका डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको हो ।

बिज्ञापन

सरकारले जेनजी आन्दोलनमा भएको दमन तथा क्षति जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिसका आधारमा सुरक्षा संयन्त्रका पदाधिकारीलाई गरिने कारबाहीबारे अध्ययन गर्न बनेको समितिको म्याद ४५ दिन थप गरेको छ ।

यस्तै सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमबाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष