बीवाईडीको ‘कर चोरी’मा सघाएको खुलेसँगै विभाग तानिए रसुवाका प्रमुख भन्सार अधिकृतसहित चार कर्मचारी

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत काठमाडौंमा तानिएका छन् । बीवाईडीको कर चोरी गर्ने योजनामा सघाउ गरेको छानबिन समितिको अनुसन्धानबाट खुलासा भएसँगै उनीसहितका चार जना कर्मचारीलाई रसुवा भन्सारबाट भन्सार विभागमा तानिएको हो ।

बिज्ञापन

भन्सार नाकामा विद्युतीय गाडी नआइपुग्दै कागजको भरमा गाडी जाँचपास गराएको खुलासा भएसँगै भन्सार विभागले रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईलाई भन्सार विभागमा तानेको हो ।
गत १५ जेठमा बजेटमा करको दर हेरफेर हुनुअघि बीवाईडीलगायत ब्रान्डका झण्डै २ सय विद्युतीय कार भन्सार नाका नआइपुग्दै प्रज्ञापनपत्र बनाएको खुलेसँगै तुलसीप्रसाद भट्टराईलाई त्रिपुरेश्वरमा तानेर त्यहाँ राजेन्द्र ढुङ्गानालाई खटाइएको छ ।

बिज्ञापन

जेठ १५ मा बजेट आउनु अगाडि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले रसुवा भन्सार कार्यालयबाट २ सय गाडीको प्रज्ञापनपत्र बनाइ करसमेत तिरेको बिषय खुलासा भएसँगै उपसचिव सुरेन्द्र पाण्डे र शाखा अधिकृत गोविन्द अधिकारीको छानबिन टोली रसुवा पुगेको थियो । सो समितिले रसुवा पुगेर प्रज्ञापनपत्र, सीसीटीभी फुटेज लगायत बिषय अध्ययन गर्दा कागजमा मात्र गाडी जाँच गर्दा कागजको भरमा गाडी जाँचपास गराएको पाइएपछि तुलसी भट्टराईसहितका चार जना कर्मचारीलाई भन्सार विभागमा तानिएको स्रोतले जनाएको छ ।

यो प्रकरणमा जोडिएर विभागमा तानिएकाहरुका प्रमुख भन्सार अधिकृतसहित अधिकृत ठाकुर गौतम अधिकृत , भनसार अधिकृत खड्ग बहादुर मझी,कम्युटर अधिकृत सबिना अधिकारी,नासु तेज बहादुर बल र कम्प्युटर अधिकृत प्रकाश पुडासैनी विभागमा तानिएको भन्सार विभागले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बीवाईडीको ‘कर चोरी’मा सघाएको खुलेसँगै विभाग तानिए रसुवाका प्रमुख भन्सार अधिकृतसहित चार कर्मचारी

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

बढुवा,नियुक्तिदेखि म्याद थपसम्म यस्ता छन् क्याविनेटका महत्वपूर्ण निर्णय

उपसचिवलाई चार पाँग्रे चढ्न ‘लुपहोल’ : अनुगमनको नाममा व्यापक दुरुपयोग

‘क्लिन चिट’ पाएर गृहमै फर्किदैछन् सुदन ? कुर्नुपर्नेछ अरु पाँच दिन

 नागरिकताको हक

मन्त्रिपरिषद् बैठक बस्दै

सम्पत्ति छानबिन आयोगमा उजुरी दिनेको भिड

बिशेष