व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

बागलुङ — बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालय मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको छ।

बिज्ञापन

क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीम प्रसाद सुवेदी का अनुसार मतदान अधिकृतहरूको व्हाट्सएप समूहमा गैरेले लेखेका केही अभिव्यक्ति तथा गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएको छ। ती अभिव्यक्तिले अन्य मतदान अधिकृतहरूको मनोबलमा समेत असर पार्ने संकेत देखिएपछि कार्यालयले आवश्यक निर्णय लिएको जनाइएको छ।

बिज्ञापन

निर्वाचन अधिकृतको कार्यालयले प्रचलित निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार उनलाई उक्त मतदान केन्द्रको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। साथै, गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र तथा अन्य मतदान सामग्री सम्बन्धित सुरक्षा निकायलाई सुरक्षित रूपमा बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा यथाशीघ्र सम्पर्क गर्न निर्देशन दिइएको छ।

निर्वाचन अधिकृत सुवेदीले तोकिएको मितिमा निर्वाचन कार्य प्रभावित नहुने गरी आवश्यक जनशक्ति व्यवस्थापन र समन्वय मिलाइएको पनि जानकारी दिएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष