कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

मतदानमा खटिएका ५ राष्ट्र सेवकहरुले ज्यान गुमाइसकेका छन् ।यसरी ज्यान गुमाउनेमा शिक्षक,निजामती कर्मचारीदेखि प्रहरीदेखि निर्वाचन प्रहरीसम्म रहेका छन् ।

बिज्ञापन

हिजोमात्र  रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरेले ज्यान गुमाउनु परेको छ । रामेछाप–२ साधुटार मतदान केन्द्रमा खटिएका सप्तरीको रुपनी गाउँपालिका–१ नकटी रायपुरका ४५ वर्षीय सहायक प्रहरी निरीक्षक (असई) परशुराम यादव जिम्मेवारी बहनकै क्रममा ज्यान गुमाएका छन् । सप्तरीको रुपनी गाउँपालिका–१ नकटी रायपुर निवासी यादव जिम्मेवारी बहनकै क्रममा ज्यान गुमाएका हुन । यस्तै मतदान अधिकृत बनेर देशको सेवामा खटिएका शिक्षक डोर प्रसाद घिमिरे निर्वाचनको जिम्मेवारी बहनकै क्रममा ज्यान गुमाएका छन् । मन्थलीका शिक्षक घिमिरे मतदान अधिकृतको रुपमा जिम्मेवारी पूरा गर्न उनी मतदान केन्द्र तर्फ जाँदै गर्दा बाटैमा अस्थाएका छन् । मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडीमा उनी मन्थलीबाट चढेका थिए। तर रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा सो गाडी भिरबाट खस्दा उनले ज्यान गुमाएका छन् ।

बिज्ञापन

यस्तै, सर्लाहीमा खटिएका मतदान अधिकृतले ज्यान गुमाइसकेका छन् । रौतहटको माधवनारायण नगरपालिका-६ घर भएका ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको हो । वरिष्ठ अहेब महतो पर्सा गाउँपालिका ४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका थिए । बिहान अचानक बेहोस भएर ढलेका उनलाई मलंगवास्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा प्राण त्यागेका हुन् ।

उता,मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीले समेत कर्तव्य पालयनकै सिलसिलामा ज्यान गुमाएका छन् । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको थासाङ गाउँपालिका–२, खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो । आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जनाएकी छिन् । प्रदेश अस्पताल मुस्ताङका प्रमुख डा समीक्षा कँडेलका अनुसार, दुर्घटना भएको भन्दै लिएर आएका व्यक्तिको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो । कोबाङको खन्ती बजारमा भएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकालाई उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् ।

बिज्ञापन

घताने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ को झोङमा निर्वाचनका लागि खटिएका थिए । जनप्रिय आधारभूत विद्यालय झोङ मतदान केन्द्रमा खटिएका कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाएको जनाएको छ । यस्तै, निर्वाचन प्रहरी मान सि राणा कञ्चनपुर जिल्लामा निर्वाचनमा खटिई ड्युटीमा खाना पकाउँदै गर्दा बेहोस भई अस्पतालमा उपचाररत रहँदा निधन भएको घटनाप्रति एकीकृत सरकारी कर्मचारी संगठन नेपालले गहिरो दुख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमालेभित्र असन्तुष्टि: शंकरलाई उषाकिरण तिमल्सिनाको ‘राजीनामा दिएर स्टाटस लेख्नुपर्ने’ टिप्पणी

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

प्यूठानमा १३४७ मत गणना गर्दा एमालेका सूर्य थापा पाँचौं

रसुवामा मतगणना सुरु, काँग्रेसका मोहन आचार्य अग्रस्थानमा

रसुवामा मतगणना स्थल तयारी पूरा

बिशेष