यस्तो छ आगामी बर्ष हुने सार्वजनिक बिदा सूची

सरकारले २०८३ सालभर लागू हुने सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ।

बिज्ञापन

राजपत्रमा उल्लेख भएअनुसार विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेगरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व तथा सट्टा बिदा र कार्यालय समय निर्धारण गरिएको हो । सरकारले एक वर्ष अवधिभर लागू हुने बिदा तथा कार्यालय समयसम्बन्धी विवरणसहित उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।

बिज्ञापन

यससम्बन्धी निर्णय १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएको थियो। निर्णयअनुसार बिदाको सूची तयार गरी मंगलबार राजपत्रमार्फत प्रकाशन गरिएको हो।राजपत्रमा प्रकाशित गरिएको सूचना अनुसार २०८३ वैशाखमा ४ दिन, जेठमा ५ दिन, असारमा ४ दिन, साउनमा ५ दिन, भदौमा ४ दिन र असोजमा ५ दिन सार्वजनिक बिदा छ  यस्तै कात्तिक, मंसिर, पुस र माघमा ४–४ दिन बिदा दिइएको छ भने फागुनमा ५ दिन र चैतमा ४ दिन सार्वजनिक बिदा दिइएको छ ।

जसमध्ये बर्षभरीमा ५२ दिन शनिवार विदा परेको छ भने मुलुकभर सार्वजनिक बिदा हुने पर्व विदामा वैशाख १ नव बर्ष,चण्डी पूर्णिमा वैशाख १८,भदौं १२ मा रक्षावन्धन,भदौं १९ श्रीकृष्ण जन्माष्टमी,असोज २५ मा घटस्थापना,असोज ३१ देखि कार्तिक ६ सम्म दशैं पर्व विदा परेको छ ।

बिज्ञापन

यस्तै,कार्तिक २२ गतेदेखि २६ कार्तिकसम्म तिहार विदा दिइएको छ । २९ कार्तिकमा छठपर्व,९ पुसमा धान्य पूर्णिमा,पुस १०मा क्रिसमस डे पर्व विदा, १५ पुसमा तमु ल्होसार,माघी पर्व १ माघ,माघ २४ मा सोनम ल्होसार,२२ फागुनमा शिवरात्री,२५ फागुनमा ग्याल्पो ल्होसार पर्व विदा परेको छ । यस्तै,आगामी बर्ष चैत्रमा फागुपूर्णिमा पर्व परेको छ ।सो अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको छ । बर्षभरीमा २८ दिन पर्व बिदा परेको छ ।

यस्तै,धर्म संष्कृति अनुसारका भौगोलिक र स्थान विशेष हुने विदामा गाइजात्रा पर्वको अवसरमा भदौं १३,१९ भदौं गौरा पर्व,२९ भदौंमा तिजका अवसरमा महिला कर्मचारीका लागि मात्र विदा दिइएको छ । बसन्त पञ्चमीको अवसरमा शिक्षण संस्थाहरु बन्द हुने जनाइएको छ । इन्द्रजात्रा ९ असोज,२३ चैत्रमा घोडेजात्रा पर्वको अवसरमा विदा हुने छ ।
यस्तै दिवस विदामा १८ वैशाखमा विश्व मजदुर दिवस,१५ जेठमा गणतन्त्र दिवस,३ असोज संविधान दिवस,१६ माघ सहिद दिवस,७ फागुन प्रजातन्त्र दिवस,फागुन २४ मा महिला दिवस परेको छ । यस्तै बुद्धजयन्ती,पृथ्वी जयन्तीमा देशभर सार्वजनिक बिदा हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

सहसचिवको उमेद्धार योग्यताक्रमबाटै आउट

रोलक्रम भङ्ग गर्दै पोखरेल एआइजी सिफारिस, सशस्त्र प्रहरीभित्र चर्कियो असन्तुष्टि

बिशेष