मतदान अधिकृत घिमिरेको निधन, मतदानस्थल नपुग्दै जीवनयात्रा अन्त्य

रामेछाप — निर्वाचनको जिम्मेवारी बोकेर मतदानस्थलतर्फ हिँडेका शिक्षक डोरप्रसाद घिमिरे अब कहिल्यै फर्किने छैनन्। रामेछाप नगरपालिका–२ देउरालीमा भएको ट्रक दुर्घटनामा परी उनको उपचारका क्रममा निधन भएको हो।

बिज्ञापन

मन्थली नगरपालिका–७ भटौलीस्थित श्रुद्रक्षेश्वर माध्यमिक विद्यालयका शिक्षक घिमिरे मन्थली अस्पतालमा पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्। उनी रामेछाप नगरपालिका–२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मा स्थापना गरिएको मतदान केन्द्रका मतदान अधिकृतका रूपमा खटिएका थिए।
सोमबार अपराह्न निर्वाचन सामग्री तथा कर्मचारी लिएर मतदानस्थलतर्फ जाँदै गरेको निशान ट्रक वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेर दुर्घटनामा परेको थियो। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएका थिए।

बिज्ञापन

कर्तव्य निर्वाहका लागि जिम्मेवारी सम्हालेर हिँडेका घिमिरे मतदानस्थल नै नपुग्दै सधैंका लागि बिदा भएका छन्। उनको असामयिक निधनले विद्यालय परिवार, स्थानीय समुदाय र समग्र रामेछाप जिल्ला स्तब्ध बनेको छ। निर्वाचनजस्तो संवेदनशील कार्यमा खटिँदा ज्यान गुमाउनु परेपछि सुरक्षित यातायात र व्यवस्थापनप्रति गम्भीर प्रश्न समेत उठेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष