मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

काठमाडौं । रामेछाप नगरपालिका–२ सिरुबारी मा मतदान सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा उक्त क्षति भएको हो।

बिज्ञापन

दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै ज्यान गएको थियो भने मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा निधन भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा ले जानकारी दिएका छन्। घिमिरेलाई रामेछाप नगरपालिका–२ देउराली अन्तर्गत साँघुटार (ख) मतदान केन्द्रमा खटाइएको थियो। उनी रुद्राक्षश्वर माध्यमिक विद्यालय, साँघुटारमा अध्यापनरत शिक्षक थिए।

बिज्ञापन

दुर्घटनामा घाइते सात जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रशासनले जनाएको छ। घाइते हुनेहरूमा शिक्षक भीमबहादुर मानन्धर, चालक सम्बरबहादुर मानन्धर, शिक्षक कृष्णप्रसाद घिमिरे, दुर्गा कार्की, सविना खड्का, केदारकुमार रोका र पूजादेवी सुनुवार रहेका छन्।
गाडीमा निर्वाचनका कर्मचारीसँगै मतदान सामग्रीसमेत रहेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

एउटै अध्यादेशले पूर्व नासुदेखि मुख्यसचिवसम्म पदमुक्त

ऐलानी जग्गामा घर बनाएको आरोपमा रास्वपा सांसद खनाल विवादमा

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

निजामती विद्येयकमाथि स्थानीय तहका कर्मचारीहरुको सुझावसहित ध्यानाकर्षण

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

बिशेष