निर्वाचनमा खटिएका कर्मचारी,सुरक्षाकर्मीहरुले अस्थायी मतदान केन्द्रबाट मतदान गर्न पाउने भएका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।
बिज्ञापन
७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाइने भएको हो ।निजामतीका अलवा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी तीन लाख ३८ हजार ८९० जना खटिँदै छन् । उनीहरूले खटिएकै निर्वाचनस्थलमा समानुपातिकतर्फ मात्रै मतदान गर्न सक्ने छन् ।
निर्वाचन आयोगका अनुसार पाँच सय भन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा ८ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ । निर्वाचन आयोगका अनुसार,सुरक्षाकर्मी र कर्मचारी गरी निर्वाचनमा पाँच लाख ६१ हजार ८९० कर्मचारी खटिँदै छन् । आयोगले देशभरका ७७ वटै जिल्लामा गरी कुल १४३ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिलाई मताधिकार सुनिश्चित गर्न आयोगले यी केन्द्र स्थापना गरेको हो । आयोगले सार्वजनिक गरेको अन्तिम सूची अनुसार बागमती प्रदेशको संघीय राजधानी समेत रहेको काठमाडौं जिल्लामा सबैभन्दा बढी अस्थायी मतदाता र मतदान केन्द्र रहेका छन् ।
काठमाडौं जिल्लामा कुल ७ हजार ६ सय ८७ जना अस्थायी मतदाता रहेका छन् । यहाँका मतदाताका लागि आयोगले ६ वटा मतदान केन्द्र तोकेको छ । जसमा कारागार कार्यालय डिल्लीबजार, केन्द्रीय कारागार जगन्नाथदेवल, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, भद्रकाली मन्दिर परिसर र जिल्ला प्रशासन कार्यालयका दुईवटा केन्द्रहरू रहेका छन् ।
बिज्ञापन
अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउनेछन् । प्रत्यक्षतर्फको प्रणालीमा भने उनीहरूले मतदान गर्न पाउने छैनन् । सिडिओ कार्यालयका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको छ ।
कोशी प्रदेशका ताप्लेजुङमा १ हजार ६८३, इलाममा २ हजार ८३७ र सुनसरीमा २ हजार ३१६ मतदाता रहेका छन् । मधेश प्रदेशको सप्तरीमा ३ हजार ८९२ र पर्सामा १ हजार ९० मतदाता छन् । बागमती प्रदेशको चितवनमा ३ हजार १८५ र ललितपुरमा २५४९ मतदाता सूचीकृत छन् । कर्णाली प्रदेशको सुर्खेतमा ४ हजार ८९ मतदाताका लागि ३ वटा केन्द्र तोकिएको छ ।

























