रसुवामा एमालेको संगठन कमजोर बन्दै, दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवा जिल्लामा पछिल्लो समय कमजोर बन्दै गएको संकेत देखिएको छ। कुनै समय जिल्लामा संगठनिक रूपमा बलियो मानिएको एमालेबाट नेता–कार्यकर्ताहरू बाहिरिने क्रम बढ्दै जाँदा राजनीतिक वृत्तमा यसको व्यापक चर्चा हुन थालेको छ।

बिज्ञापन

शनिबार मात्रै उत्तरगया गाउँपालिका वडा नम्बर १ का एमाले गाउँपालिका कमिटी सदस्य, पूर्व वडा सदस्य, वडा कमिटी सदस्य तथा विभिन्न जनवर्गीय संगठनमा आबद्ध अग्रज नेता–कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।

बिज्ञापन

नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य तथा रसुवा उम्मेदवार इन्जिनियर मोहन आचार्य र नेता जनार्दन ढकालले औपचारिक कार्यक्रममार्फत स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले नवप्रवेशीहरूको समर्थनले कांग्रेसलाई अझ जिम्मेवार र जनसेवामा समर्पित बन्न प्रेरणा मिलेको बताएका छन्। उनीहरूले विकास, सुशासन र समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कांग्रेस प्रवेश गर्नेहरूमा आइत तामाङ, नोर्चुङ तामाङ, दावा पोन्चो तामाङ, उर्चि तामाङ, आशा माया तामाङ, सम्झना तामाङ, सर्कि घले, ज्यादोर्जे तामाङ, लक्ष्मी घले, पुतली तामाङ, कमीश्य तामाङ, मान बहादुर तामाङ, लाक्पा डिन्डुप तामाङ, टिकामाया तामाङ, मीना तामाङ, उमेश तामाङ, वीरमान तामाङ, जीवन तामाङ, मनोज तामाङ, वीर थिङ, हर्क बहादुर तामाङ, हर्क बहादुर डिम्डुङ, फुलमाया तामाङ, सम्झना तामाङ, फुर्पा तामाङ, लाक्पा तामाङ र ग्याल्बो तामाङ लगायत रहेका छन्।

बिज्ञापन

नवप्रवेशीहरूले एमालेभित्र बढ्दो आन्तरिक असन्तुष्टि, संगठनिक निष्क्रियता र नेतृत्वप्रति विश्वास घट्दै गएको कारण आफूहरू वैकल्पिक राजनीतिक यात्रामा लागेको बताएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार जिल्लामा लगातार भइरहेका यस्ता प्रवेश कार्यक्रमले आगामी निर्वाचनको समीकरणमा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिन्छ। एमालेबाट बाहिरिने क्रम रोक्न नसकिए संगठन थप कमजोर बन्ने संकेतसमेत देखिएको छ।

रसुवाको राजनीतिक परिदृश्यमा देखिएको यो पछिल्लो घटनाक्रमले जिल्लाको शक्ति सन्तुलनमा नयाँ तरंग ल्याएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

प्यूठानमा १३४७ मत गणना गर्दा एमालेका सूर्य थापा पाँचौं

रसुवामा मतगणना सुरु, काँग्रेसका मोहन आचार्य अग्रस्थानमा

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

बिशेष