जोखिममा परेका गर्भवतीका लागि बागमतीको निःशुल्क हवाई उद्धार सेवा

काठमाडौं — बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश ले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। “गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाहरूलाई निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि, २०८०” अनुसार काठमाडौं र भक्तपुर बाहेकका ११ जिल्लामा यो सेवा लागू गरिएको हो।

बिज्ञापन

दुर्गम भेगमा बसोबास गर्ने महिलाले जटिल अवस्था भोग्दा समयमै सुविधा सम्पन्न अस्पताल पुग्न नसक्दा हुने जोखिम कम गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ। सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा उपचार सम्भव नभई तत्काल अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएमा स्वास्थ्यकर्मीको सिफारिसका आधारमा हवाई उद्धार गरिन्छ। सडक यातायात अवरुद्ध भएर एम्बुलेन्समार्फत सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउन नसकिने अवस्था भए पनि यो सेवा प्रयोग गर्न सकिन्छ। त्यस्तै प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको ज्यान जोखिममा रहेको र हवाई उद्धारबाट ज्यान जोगाउन सकिने ठहर गरेमा पनि सेवा उपलब्ध गराइन्छ।

बिज्ञापन

हवाई उद्धार सेवा लिन कार्यविधिको अनुसूची–३ बमोजिम निवेदन स्वास्थ्य निर्देशनालयमा पठाउनुपर्ने व्यवस्था छ। आकस्मिक अवस्थामा स्वास्थ्य निर्देशनालयमा प्रत्यक्ष सम्पर्क गरेर प्रक्रिया अघि बढाउन सकिने मन्त्रालयले स्पष्ट पारेको छ। यसका लागि ०५७–५२४५१०, ९८५५०८९५१० र ९८६७७१०३१७ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमका अनुसार दुर्गम क्षेत्रका महिलाले प्रसूति जटिलताका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले यो सेवा प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ। समयमै उपचार पहुँच सुनिश्चित गरेर मातृ मृत्युदर घटाउने दिशामा कार्यक्रम महत्वपूर्ण सावित भइरहेको उनको भनाइ छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

प्यूठानमा १३४७ मत गणना गर्दा एमालेका सूर्य थापा पाँचौं

रसुवामा मतगणना सुरु, काँग्रेसका मोहन आचार्य अग्रस्थानमा

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

बिशेष