सरकारी तलब खाएर दलको मञ्चमा अध्यक्षता : प्रकाश रैला आचारसंहिताको कठघरामा

निर्वाचन आयोगले शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने स्पष्ट चेतावनी दिएको छ। आयोगका अनुसार केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर प्रचारप्रसारमा संलग्न भएको भन्दै उजुरी तथा गुनासो परेका छन्। आचारसंहिताको व्यवस्था प्रतिकूल गतिविधिमा संलग्न पाइएमा दफा ४८ बमोजिम कारबाही गरिने आयोगको भनाइ छ।

बिज्ञापन

तर नुवाकोटमा भने आयोगको चेतावनीकै बीच आचारसंहिताको खुला अवज्ञा भएको आरोप उठेको छ। पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय (सिटिइभिटी आंगिक शिक्षालय) का होटल व्यवस्थापन संकायका विभागीय प्रमुख तथा पूर्णकालीन करार कर्मचारी प्रकाश रैला निर्वाचन प्रचारप्रसारमा सक्रिय रूपमा लागेको आरोप लागेको हो। मासिक सरकारी तलब खाने कर्मचारी भएर पनि उनले दलगत कार्यक्रममा सहभागी मात्र नभई अध्यक्षता नै गरेको तथ्य बाहिरिएको छ।

बिज्ञापन

१३ गते सम्पन्न तयारी बैठकमा Pushpa Kamal Dahal (प्रचण्ड) को प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारी गरिएको बताइएको छ। उक्त बैठकमा नुवाकोटका उम्मेदवार हितबहादुर तामाङ र हिरानाथ खतिवडा लगायत नेताहरूको उपस्थितिमा १५ गते काठमाडौं केन्द्रित उम्मेदवार भेटघाट तथा प्रशिक्षण कार्यक्रमको निर्णय गरिएको थियो। सो बैठक प्रकाश रैलाकै अध्यक्षतामा बसेको स्रोतले जनाएको छ। कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी (विवेक) र जिल्ला संयोजक पुष्प लामिछाने (अरुण) को समेत उपस्थिति रहेको उल्लेख गरिएको छ।

बिज्ञापन

सरकारी तलबभोगी शैक्षिक कर्मचारी नै खुलेर दलगत गतिविधिमा लाग्नु आचारसंहिताको गम्भीर उल्लंघन भएको भन्दै स्थानीय तहमा प्रश्न उठ्न थालेको छ। निर्वाचनको संवेदनशील समयमा यस्तो गतिविधि हुँदा पनि जिल्ला प्रशासन कार्यालय नुवाकोट र निर्वाचन कार्यालय नुवाकोट किन मौन छन् भन्ने जिज्ञासा चुलिएको छ।

नुवाकोट जिल्लामा देखिएको यो प्रकरणले निर्वाचन आचारसंहिताको प्रभावकारिता, कार्यान्वयन र अनुगमनमाथि नै गम्भीर प्रश्न खडा गरेको छ। आयोगले सार्वजनिक रूपमा चेतावनी दिने तर व्यवहारमा कारबाही नगर्ने हो भने आचारसंहिता कागजी दस्तावेजमा सीमित हुने जोखिम देखिएको छ। अब सम्बन्धित निकायले यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्छन् कि गर्दैनन् भन्नेमा सर्वसाधारणको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष