जब पूर्व सचिवको नातेदारलाई एक तह बढुवा गरी निर्वाचनमा खटाइयो

पद कार्यालय सहयोगी तर जिम्मेवारी नायब सुव्वा तहको ।  संघीय मामिला तथा सामान्य प्रशासनका उपल्ला तहका हाकिमहरु दाहिना हुँदा एक कार्यालय सहयोगीको भागमा आइलागेको खुसी हो यो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपल्ला तहका कर्मचारीहरुले अन्य सरकारी निकायलाई गुमराहमा राखेर कार्यालय सहयोगीलाई नायब सुव्वा तहको पदमा बढुवा गराइ निर्वाचनमा खटाइएको भेटिएपछि सोही मन्त्रालयका कर्मचारीहरुले मन्त्रालयका कमजोरी छरपष्ट पारेका हुन ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘लाइन मिनिष्ट्री’का रुपमा चिनिन्छ । मुलुकभरका कर्मचारीहरुको जानकारी राख्ने मन्त्रालय आफ्नै मन्त्रालयमा कार्यरत कास तहका कर्मचारीको बारेमा थाहा नपाएका हुन वा बढी नै उदार भएर एक तह बढुवा गरेर निर्वाचनमा खटाइदिएका हुन,त्यो बिषय सोधपुछ र छानबिन गरे खुलिहाल्छ ।

बिज्ञापन

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तै बदमासी गरेको छ,निर्वाचनमा कर्मचारी खटन पटन गर्दा । मन्त्रालयका कार्यालय सहयोगीका रुपमा कार्यरत अनिश अधिकारीलाई एक तह बढुवा गरी कम्युटर अपरेटर बनाएर निर्वाचनमा सहायक कर्मचारीको रुपमा मतदान केन्द्रमा खटाएको विवरण सार्वजनिक भएको छ । कानुन अनुसार,कसैले नपाएको र नभएको पद देखाएर  जिम्मेवारी लिनु समेत अख्तियारको दुरुपयोग मानिन्छ ।

बिज्ञापन

अधिकारीलाई काठमाडौंको वालविकास माध्यमिक विद्यालय रानीवन (ख) मतदान केन्द्रमा खटाइएको छ । त्यहाँ राष्ट्रिरय सर्तकता केन्द्रका शाखा अधिकृत वोमबहादुर परियार मतदान अधिकृतको रुपमा खटिएका छन् । सहायक मतदान अधिकृतमा ऋृण असुली न्यायधीकरणमा कार्यरत नायब सुव्वा गोपाल थापा,सहायक कर्मचारीका रुपमा सामान्य प्रशासन मन्त्रालयका कार्यालय सहयोगी अनिश अधिकारीलाई खटाइएको छ । उनलाई कम्युटर अपरेटरको रुपमा अर्थात एक तह बढुवा गरी निर्वाचनमा सहायक मतदान अधिकृतको रुपमा खटाइएको पाइएको हो । सामान्यका अधिकारीहरुका अनुसार, उनी उनका ठूलो बुवा सामान्य प्रशासनका सह सचिव हुँदा मन्त्रालयमा प्रवेश पाएका थिए । पछि उनको ठूलो बुवा सचिव पदबाटै अवकाश पाइसकेका छन् । तिनै कार्यालय सहयोगी तहका कर्मचारी भन्दा मुनीतिर राखेर सत्य निरुपण तथा मेलमिलाप आयोगका सहायक कम्युटर अपरेटर गान्धिरा प्रधानलाई खटाइएको छ । यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका खेमराज पाण्डेलाई सहायक मतदान अधिकृतको रुपमा खटाइएको छ भने कार्यालय सहयोगीका रुपमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका कास पदमा कार्यरत मोनिका थापालाई सो मतदान केन्द्रमा खटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय सहयोगी तहमा कार्यरत कर्मचारीलाई कसरी र कुन आधारमा नायब सुव्वा तहको पदमा मतदानमा खटायो ? यो बिषयमा हामीले सामान्य प्रशासनको प्रवक्ता सहसचिव नीता अर्यालसँग जिज्ञासा राख्दा निर्वाचनमा कर्मचारी खटन पटन गर्ने काम मन्त्रालयको आन्तरिक शाखाले गरेको प्रतिक्रिया दिएकी छिन् । सामान्यको आन्तरिक शाखाले कार्यालय सहयोगी तहका कर्मचारीलाई के र कुन आधारमा एक तह बढुवा गरी नायब सुव्वा तहको जिम्मेवारीमा खटायो ? यस्ले सो शाखाको नेतृत्वमा बसेका कर्मचारीहरुको नियम र कार्यसम्पादनमाथि नै प्रश्न चिन्ह उठहाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिका पठाएका जेनजी आन्दोलनका अगुवा गणेश घिमिरेले दिए राजीनामा

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

बिशेष