अध्यागमनको आग्रह : विदेश भ्रमणअघि स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर मात्र आउनू

काठमाडौं । पर्यटकीय वा अन्य प्रयोजन (भ्रमण) मा विदेश यात्रा गर्ने नेपाली नागरिकले अब स्व–घोषणा फाराम पहिल्यै भरेर मात्र अध्यागमनमा उपस्थित हुनुपर्ने भएको छ।

बिज्ञापन

अध्यागमन विभागका अनुसार अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ (घ) ले विदेश प्रस्थान अनुमतिका लागि कम्तीमा ६ महिना म्याद भएको वैध राहदानी, यात्रा प्रयोजन खुलेको सम्बन्धित देशको भिसा र स्व–घोषणा फाराम भरी सहीछापसहित पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

बिज्ञापन

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा यात्रुलाई कार्यालयभित्रै स्व–घोषणा फाराम उपलब्ध गराई भराउने अभ्यास रहँदै आएको छ। तर कतिपय यात्रुले फाराम भर्न आनाकानी गर्ने, भर्न नजान्ने, ढिलाइ गर्ने वा खाली फाराम नै डेस्कमा पेश गर्ने प्रवृत्ति देखिएकाले सेवा प्रवाहमा समस्या उत्पन्न भएको विभागले जनाएको छ। यसबाट सम्बन्धित यात्रु मात्र होइन, अन्य यात्रुहरू समेत झन्झटमा पर्ने र अध्यागमन प्रक्रिया अनावश्यक रूपमा लम्बिने अवस्था सिर्जना भएको छ।

त्यसैले घुम्न, भ्रमण वा पर्यटनको उद्देश्यले विदेश जाने नेपाली नागरिकले स्व–घोषणा फाराम पहिल्यै भरेर मात्र अध्यागमनमा आउन विभागले अनुरोध गरेको छ। फारामको ढाँचा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट https://tia.immigration.gov.np/⁠� बाट डाउनलोड गर्न सकिनेछ। साथै उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरेर पनि फाराम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

बिज्ञापन

विभागले अध्यागमनसम्बन्धी कुनै समस्या परेमा अध्यागमन कार्यालयका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१२३१६९१ वा विभागका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३१३६८६ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

अध्यादेशको हलचल : कानुनी परामर्शमा राष्ट्रपति

अब कर्मचारीको बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने

घरमै राहदानी: बैतडीमा घरदैलो सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

बिशेष