होलीमा भेला हुन र चुनावी प्रचार गर्न प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा तथा होलीका बेला सार्वजनिक स्थानमा भेला हुन, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ ।

बिज्ञापन

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा भनिएको छ,‘खुला सडक, सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरु गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरु र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न तथा नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ ।’

बिज्ञापन

सहायक प्रमुख जिल्ला अधिकारी रिजालले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक स्थानमा भेला नभइ आफ्नै घरको कम्पाण्डभित्र फागु पूर्णिमा तथा होली मर्यादित भएर मनाउन र चुनावी प्रचार प्रसारका सामग्री प्रयोग नगर्न सूचित गराएका हुन् ।

यस्तै प्रशासनले निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने स्मरण गराएको छ । होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा लगायतका कपडाहरु प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

बिज्ञापन

होली पर्वलाई मर्यादित बनाउने उद्देश्यले कसैको इच्छा विपरीत रंग अबिर दल्न वा लोला हान्न पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष