प्रधानमन्त्री र मुख्यसचिवबीच मतभेद,२५ सहसचिवको पदस्थापन अलपत्र

बढुवा भएको महिनौँ बित्न लाग्दा पनि २५ जना सहसचिवको पदस्थापन गर्ने निर्णय अलपत्र परेको छ । कार्की सरकारले बढुवा भएका ३१ मध्ये ५ जनालाई निर्वाचन गर्न जिल्ला–जिल्लामा सिडिओ बनाई पदस्थापन गरेको थियो । यसरी पदस्थापन गरिएकामा प्रशासनतर्फ तीन तथा पाँच इन्जिनियरिङ सेवाका थिए । सरुवामा दुई सहसचिवलाई गृह मन्त्रालयमा पठाइएको छ। संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका महेन्द्र सापकोटा र शम्भु रेग्मीलाई गृह मन्त्रालयमा खटाइएको छ। उनीहरु प्रमुख जिल्ला अधिककृतकै भूमिकामा खटाइएको छ । त्यस्तै, सहसचिव डमरुप्रसाद निरौलालाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रशासकीय अधिकृतमा खटाइएको छ। बाँकी २५ जनाको पदस्थापन भने अलपत्र छन् । यीमध्ये कतिपय खुला प्रतिस्पर्धा, कोही फाइल (पानी) बढुुवाबाट सहसचिव भएका छन् ।  निर्वाचन आयोगबाट सहमति आए पनि मन्त्रिपरिषद्को बैठक बस्न ढिलाइ भएका कारण पदस्थापनसम्बन्धी कुनै निर्णय हुन नसकेको हो ।

बिज्ञापन

सामान्य प्रशासनका अनुसार,खिम बहादुर कार्की, युवराज पाण्डे, लेखनाथ ज्ञवाली, एकनारायण शर्मा, राजन राई, बैकुण्ठ अर्याल, जनकराज भट्ट, महेश पराजुली, टेकनारायण पौडेल, झनक कुमार खत्री, सन्तोष कुमार दहाल, छविलाल रिजाल, नरेन्द्र कुमार राना, कृष्ण प्रसाद खनाल, सुकदेव प्रसाद बास्कोटा, हिरालाल चौधरी, प्रेम बहादुर दौत्याल, नारायण प्रसाद दाहाल, दीपक ज्ञवाली, डिजन भट्टराई, विजय राना, तीर्थराज राई, रेशमलाल कडेल, गोकुल बास्तोला, खडानन्द अधिकारी लगायतका सहसचिवहरुले जिम्मेवारी पाउन सकेका छैनन् ।

बिज्ञापन

उसो त प्रधानमन्त्री सुशीला कार्कीले २ हप्तादेखि चुनावको मुखमा प्रथम श्रेणीका कर्मचारी ठाउँठाउँमा खटाउन खोज्दा मुख्यसचिव सुमन अर्यालसँग कुरा नमिलेर यो बिषय अलपत्र परेको स्रोतहरुको दावी छ ।

यतिवेला प्रधानमन्त्री सुशीला कार्की र मुख्यसचिव सुमनराज अर्यालको सम्बन्ध औपचारिकतामा सीमित रहेको छ । यस्तो सम्बन्ध अघिल्लो पटक प्रधानमन्त्री केपी ओली र मुख्यसचिव एकनारायण अर्यालबीच पनि यस्तै अवस्था आइलागेको थियो । असारसम्म आफू रहुञ्जेल राजनीतिक स्वार्थ हावी हुन कुनै पनि हालतमा दिन्न भन्दै मुख्यसचिवले अडान कसेको बताइन्छ । उनले एक दिन पनि बिदा नबस्ने र गलत मान्छेलाई मुख्यसचिवको जिम्मेवारी दिन तयार नहुने अडान लिएको स्रोतको दावी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मर्यादा विपरितका शिक्षकलाई चुनावी जिम्मेवारी,तीन वटै संगठनको आपत्ति

प्रधानमन्त्री र मुख्यसचिवबीच मतभेद,२५ सहसचिवको पदस्थापन अलपत्र

रंगेहात समालिए विचौलिया,भ्रष्टाचारमा मुछिए अधिकृत

सुगमबाट दुर्गममा सरुवा मिलाएका को- को भए नासुमा बढुवा ?

हचुवामा दरबन्दी सृजना गर्ने विकृतीमा लगाम,बन्दैछ ओएनएमको राष्ट्रिय मापदण्ड

सबैभन्दा ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिवसँग माग्यो डेढ लाख धरौटी

मतदानमा खटाइँदा विभेद,दुई स्थानीय तहका कर्मचारीले गरे आर्थिक सुविधा नलिने घोषणा

सेवानिवृत्त कर्मचारीलाई थप औषधी उपचार खर्च उपलब्ध गराइने

बिशेष