सुगमबाट दुर्गममा सरुवा मिलाएका को- को भए नासुमा बढुवा ?

बढुवामा समेत तरमारा वर्गले फाइदा लिने विकृती उस्तै छ ।

बिज्ञापन

लामो समय समयदेखि सुगम स्थानमा बस्ने र प्रतिस्पर्धाभन्दाको समयभन्दा ठीक अघि बढुवा मिलाउन मात्र दुर्गममा जाने विकृतिले डेरा जमाएको छ,निजामतीमा । यसरी बढुवा प्रयोजनका लागि मात्र दुर्गममा सुरुवा भएर जाने क्रम देखिएको भन्दै मन्त्रालयले विभिन्न निकायहरुबाट सरुवा सहमतिसमेत माग भई आउने गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनासम्मका लागि राजपत्र अनंकित द्वितीय श्रेणीका कर्मचारी (खरिदार)हरुको सरुवा रोकेको छ ।

बिज्ञापन

मन्त्रालयले २०८२ मंसिर २४ गते सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई परिपत्र जारी गर्दै लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार खुला र बढुवा प्रतिस्पर्धाका विज्ञापन प्रकाशनको समय नजिकिएकाले सरुवा प्रक्रियामा देखिएको अनियमितता रोक्न यस्तो निर्णय गरिएको स्पष्ट गरेको छ। बढुवा सूचना प्रकाशित हुनुअघि सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा रहेका कर्मचारी मर्कामा पर्ने भएकाले तत्काललाई नासु र खरिदारको सरुवा स्थगन गरेको थियो मन्त्रालयले ।

रोचक चाहिँ,यस अिघ नै केही खरिदार तहका कर्मचारीहरुलाई पहिला सुगमबाट दुर्गमतिर खटाएपछि सरुवा स्थगन गरेको थियो । दुर्गम जिल्लामा कार्यरत कर्मचारीहरूले सुगम क्षेत्रबाट अस्थायी रूपमा दुर्गममा सरुवा भई बढुवा प्रक्रिया पूरा गर्ने प्रवृत्तिले आफूहरूमाथि ठूलो अन्याय भएको कतिपय कर्मचारीहरुको गुनासो छ । वढुवा विज्ञापन हुनु भन्दा भन्दा केहि महिना अगाडि मात्र पावर र पैसाको चलखेल गर्दै फुटकर सरुवा गराएर विभिन्न मन्त्रालयबाट कर्मचारीहरु जिल्ला भित्रिन थाले दुर्गममा बसेर लामो समयदेखि सेवारत कर्मचारीहरुको गुनासो रहेको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाबाट जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा तीन जना खरिदार नासुमा बढुवा भएका छन् । जसमा बिर्खबहादुर खड्का र दिपक कुमार दसौती रहेका छन् भने कार्यक्षमताका आधारमा चित्र बहादुर ठाडा मगर बढुवा सिफारिस भएका छन् ।
यस्तै,जिल्ला प्रशासन कार्यालय डडेलधुराले प्रेम कुमार खत्री र जिल्ला प्रशासन कार्यालय पर्वतले मनोज पौडेल र इलाका प्रशासन कार्यालय हुवासका सन्तोष थापा बढुवाका लागि सिफारिस भएका छन् ।
उता,जिल्ला प्रशासन कार्यालय रसुवाबाट टिकाराम पोखरेल र कुमार निरौला जेष्ठताका आधारमा र कारागारमा कार्यरत कैलाश देवकोटा कार्यक्षमताका आधारमा बढुवा सिफारिस भएका छन् । यस्तै डोटी जिल्ला प्रशासन कार्यालयले हरिश पन्त,सुरेन्द्र प्रसाद जोशी,भावना ओझा भट्ट बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

रामेछाप जिल्ला प्रशासन कार्यालयले पूर्ण जंग बराल र कमलजंग दर्लामी बढुवा सिफारिस भएका छन् । यता,कोलनिका कालिकोटले पूर्णचन्द्र काफ्ले बढुवा सिफारिस भएका छन् ।
उता जिल्ला प्रशासन कार्यालय मुस्ताङले जेष्ठता र कार्यक्षमताका आधारमा पाँच जना खरिदारलाई नासु तहमा बढुवा सिफारिस गरेको छ । जसमा जेष्ठता र कार्यसम्पादनका आधारमा प्रकाश पौडेल,रामचन्द्र भण्डारी,ठाकुर प्रसाद आचार्य र राजु नेपाल र बेलमति थापा कार्यक्षमताका आधारमा बढुवा सिफारिस भएका छन् ।
उता मनाङ जिल्ला प्रशासन कार्यालयले तारानाथ आचार्य र राजेश के सी बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रंगेहात समालिए विचौलिया,भ्रष्टाचारमा मुछिए अधिकृत

सुगमबाट दुर्गममा सरुवा मिलाएका को- को भए नासुमा बढुवा ?

हचुवामा दरबन्दी सृजना गर्ने विकृतीमा लगाम,बन्दैछ ओएनएमको राष्ट्रिय मापदण्ड

सबैभन्दा ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिवसँग माग्यो डेढ लाख धरौटी

मतदानमा खटाइँदा विभेद,दुई स्थानीय तहका कर्मचारीले गरे आर्थिक सुविधा नलिने घोषणा

सेवानिवृत्त कर्मचारीलाई थप औषधी उपचार खर्च उपलब्ध गराइने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष