इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

नेपालको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्धा मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा मुछिएका ५५ प्रतिवादीमध्येका अर्काे पूर्व सचिव,सहसचिवसहित पाँच जनालाई साधरण तारेखमा छाड्न आदेश दिइएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा पूर्व मन्त्री,सचिवसहित ५५ जना प्रतिवादी बनाएर ८ अर्ब ३६ करोड, ७३ लाख, ५५ हजार २९७ रुपैयाँ ५० पैसा बिगो दाबी गर्दै मुद्धा दायर गरेको थियो । । अख्तियारले पूर्वअर्थमन्त्री डा रामशरण महत, पर्यटनमन्त्री भीम आचार्य, दीपक अमात्य, राजकुमार श्रेष्ठ र दिवंगत पोस्टबहादुर बोगटीसहित तत्कालीन सचिव सुशील घिमिरे,सुरेशमान श्रेष्ठ,सुमनप्रसाद शर्मा,भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल,मोहनकृष्ण सापकोटा,लोकबहादुर खत्री,सुरेश आचार्य, प्रदीप अधिकारीसहित तत्कालीन अर्थसचिव मधु कुमार मरासिनीसहितलाई प्रतिवादी बनाएको थियो ।

बिज्ञापन

जसमध्ये सोमबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले पाँच जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । अदालतले आरोपितहरूलाई थुनामा राख्नुनपर्ने भन्दै बाहिरै बसेर मुद्दा लड्न पाउने गरी साधारण तारेखमा छाड्ने निर्णय गरेको छ ।

साधारण तारेखमा छुट्नेहरूमा तत्कालीन अर्थ मन्त्रालयका सहसचिव हाल सचिवबाट अवकाशप्राप्त मधु कुमार मरासिनी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदी, अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा, तत्कालीन उपसचिव प्रेम उपाध्याय (प्रेम नाथ उपाध्याय) र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव तथा सचिवबाट अवकाशप्राप्त मोहनकृष्ण सापकोटा रहेका छन् ।

बिज्ञापन

यस अघि हिजोमात्र विशेष अदालतले पूर्व सचिव सुरेश आचार्य र पूर्व मन्त्री दीपक आमात्यलाई साधरण तारेखमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष