भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव तहका तीन जना सुपरिटेन्डेन्ट इन्जिनियर (सुई)हरूको पदस्थापन गरेको छ। मन्त्रालयले सोमबार निर्णय गर्दै विभिन्न महत्वपूर्ण आयोजना तथा निकायमा नेतृत्व व्यवस्थापन गरेको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयमा धर्मेन्द्र कुमार झालाई पदस्थापन गरिएको छ। उक्त निर्देशनालय सुई नवीन मान श्रेष्ठ अनिवार्य अवकाशमा गएपछि केही समयदेखि नेतृत्वविहीन बनेको थियो।

बिज्ञापन

त्यस्तै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा राजेश पौडेललाई जिम्मेवारी दिइएको छ। यसअघि उक्त केन्द्र र मदन भण्डारी आयोजना निर्देशनालयको नेतृत्व दीप बाराहीले लामो समयदेखि दोहोरो जिम्मेवारी सम्हाल्दै आएका थिए। दोहोरो जिम्मेवारीका कारण कार्यसम्पादन प्रभावित भएको थियो ।

यसैगरी सूर्यविनायक–धुलिखेल सडक आयोजनामा विजय महत्वलाई नै पदस्थापन गरिएको छ। उनी यसअघि निमित्त प्रमुखका रूपमा कार्यरत थिए। अब औपचारिक पदस्थापन भएसँगै आयोजनाको कामलाई थप प्रभावकारी बनाउने मन्त्रालयको अपेक्षा छ।

बिज्ञापन

मन्त्रालयले महत्वपूर्ण पूर्वाधार आयोजनाहरूमा स्थायी नेतृत्व व्यवस्थापन गर्दै कार्यसम्पादनमा सुधार ल्याउने लक्ष्यसहित पदस्थापन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष