लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

काठमाडौं । लोक सेवा आयोग, केन्द्रीय कार्यालयले इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फ रा.प.प्रथम तह (सहसचिव वा सो सरह) पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको सूचनाअनुसार लिखित परीक्षामा सहभागी उम्मेदवारमध्ये वर्णानुक्रमानुसार चार जना उम्मेदवार मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट भएका छन्।

बिज्ञापन

छनोट हुने उम्मेदवारहरूमा अमितकुमार श्रेष्ठ, अर्जुन सुवाल, नवराज शर्मा र बिनोद भट्टराई रहेका छन्। आयोगका अनुसार उत्तीर्ण उम्मेदवारहरूले अब मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको चरण पार गर्नुपर्नेछ।

बिज्ञापन

आयोगले छनोट भएका उम्मेदवारहरूलाई आवश्यक कागजातसहित तोकिएको समयसीमाभित्र उपस्थित हुन आग्रह गरेको छ। सूचनामा उल्लेख भएअनुसार पासपोर्ट साइजका दुई प्रति फोटो, न्यूनतम योग्यता पुष्टि हुने सम्पूर्ण प्रमाणपत्रहरू, अन्य आवश्यक कागजातहरू तथा दरखास्त फारामको प्रथम र द्वितीय पानाका दुई–दुई प्रति भरी सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा पेश गर्नुपर्नेछ। उम्मेदवार स्वयंले प्रमाणित गरी कागजातहरू रुजू गराउनुपर्ने जनाइएको छ।

आवश्यक न्यूनतम योग्यता तथा अन्य कागजात अपुग भएमा जुनसुकै समयमा दरखास्त रद्द हुने चेतावनी पनि आयोगले दिएको छ। साथै, मामिला प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुन आउँदा उम्मेदवारले प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ भने अन्तर्वार्ताका दिन सक्कल कागजातसहित एक घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

बिज्ञापन

मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति र स्थान सम्बन्धी विस्तृत विवरण आयोगले सूचनामार्फत उपलब्ध गराएको छ। सार्वजनिक विदा परे पनि तोकिएको कार्यक्रम यथावत सञ्चालन हुने आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

बिशेष