स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

निर्वाचन आचारसंहिताको पालना गराउन कडाइ गर्दै निर्वाचन आयोग ले स्थानीय तहका पदाधिकारीहरूलाई आफ्नै पालिकाभित्र दलीय चुनावी प्रचारमा सहभागी नहुन स्पष्ट निर्देशन दिएको छ। आयोगले हालै जारी गरेको विज्ञप्तिमा केही जनप्रतिनिधि आचारसंहिता उल्लंघन गर्दै राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सक्रिय भएको भन्ने उजुरीहरू प्राप्त भएपछि गम्भीर चासो व्यक्त गरिएको उल्लेख छ।

बिज्ञापन

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराई ले निर्वाचन प्रक्रिया स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले पदको मर्यादा र तटस्थताको ख्याल नगरी गरिएको प्रचारप्रसारले निर्वाचनको विश्वसनीयतामा प्रश्न उठाउन सक्ने चेतावनी दिए।

बिज्ञापन

निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) अनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू कार्यरत रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा भने सम्बन्धित दलको प्रचारमा संलग्न हुन पाउने व्यवस्था छ। तर आफ्नै पालिकाभित्र भने कुनै पनि दल वा उम्मेदवारको पक्षमा खुलेर प्रचार गर्नु आचारसंहिता विपरीत हुने आयोगको स्पष्ट धारणा छ।

आयोगले सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो संवैधानिक जिम्मेवारी, तटस्थता र कानुनी दायित्व स्मरण गर्दै कुनै पनि प्रकारको दलीय प्रचारमा संलग्न नहुन पुनः सचेत गराएको छ। उल्लंघन भएमा कानुनी कारबाही हुन सक्ने संकेतसमेत आयोगले दिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष