बहादुर भवनको निर्देशन :- ‘भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नुहोस्’

काठमाडौं । निर्वाचन आयोग ले चुनावी प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य कडा सामग्रीबाट बनाइएका भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ। आइतबार जारी विज्ञप्तिमार्फत आयोगले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो अनुरोध गरेको हो।

बिज्ञापन

आयोगका अनुसार तोकिएको मापदण्डभन्दा बाहिर गएर भारी तथा कडा सामग्रीबाट बनाइएका चुनाव चिह्न बोकेर हिँड्दा वा प्रदर्शन गर्दा अप्रिय घटना निम्तिन सक्ने जोखिम रहन्छ। विशेषगरी भीडभाड हुने चुनावी सभामा यस्ता सामग्रीले सुरक्षा चुनौती थप्न सक्ने आयोगको ठहर छ।

बिज्ञापन

यद्यपि कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका वा मुद्रित निर्वाचन चिह्न प्रयोग गर्न भने रोक लगाइएको छैन। आयोगले निर्वाचन आचारसंहिताले निर्दिष्ट गरेको मापदण्डअनुसार दलको झण्डा र स्वीकृत चुनाव चिह्नमार्फत मात्रै प्रचारप्रसार गर्न आग्रह गरेको छ।

निर्वाचन प्रक्रियालाई शान्त, मर्यादित र सुरक्षित बनाउने उद्देश्यले जारी गरिएको यस निर्देशनको पूर्ण पालना गर्न आयोगले सबै सरोकारवालालाई सचेत गराएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष