संकटको समयमा सडकका सारथि

५३ सालदेखि निजामती सेवामा प्रवेश गरेका नारायणदत्त भण्डारी । उनी विभिन्न जिल्लाको डिभिजन प्रमुख भएर काम गरेको अनुभवी प्रशासक हुन । ०७० मा जुम्लामा साढे तीन बर्ष बिताएका भण्डारी जागिरे जीवनकै सिलसिलामा पाल्पा, बाग्लुङ, रसुवागढी, नुवाकोटको डिभिजन प्रमुख हुँदै मध्यपहाडी योजना कार्यालय पर्वत, लहानको योजना प्रमुख भएर काम गरे ०८० भदौ २६ गते सडक डिभिजन काठमाडौंमा सरुवा भै असोज १४ गतेदेखि जिम्मेवारी सम्हाले । यो कार्यालयको नेतृत्व गर्दा उनका अगाडि चुनौतिका पहाड थिए । राजधानी र उपत्यका आसपासका सडकहरू वर्षौँदेखि नसुल्झिएका समस्या, विपद्मा मात्र देखिने सक्रियताका अलवा कार्यालयभित्रकै अस्तव्यवस्थाले गर्दा सडक कार्यालयप्रति आमनागरिकको धारणा उति सकरात्मक थिएन । यही स्थितिमा अनुभवी र फिल्डमा खारिएको इन्जिनियर नारायणदत्त भण्डारीको काँधमा सडक डिभिजन कार्यालय काठमाडौंको नेतृत्व सुम्पिएको थियो ।

बिज्ञापन

उनको नेतृत्वसँगै काठमाडौं सडकमा सुधारका संकेतहरु देखिन थाले । सुधारले गति लिन थाल्यो । तराईदेखि पहाड र हिमालसम्मका विविध भूगोल र परिस्थितिमा कार्यालयको नेतृत्व गरेको अनुभवी भण्डारीको बुझाइमा सडक भन्नु केवल कालोपत्रे मात्र नभइ यो त नागरिकको जीवनरेखा हो । हो, सोही सोच काठमाडौको कार्यालयमा रहँदा लागू गरे । यहाँबाट सरुवा नेपाल–चीन व्यापारको मेरुदण्ड मानिएको दोलास्थित चरिकोट कार्यालयमा सरुवा भएपछि उनको वास्तविक परीक्षा शुरु भएको छ । वर्षौंदेखि पहिरो र बाढीको त्रासदी रहेको ठाउँ, सिन्धुपाल्चोकको कोदारीस्थित ‘इको पहिरो’ सदैव स्थायी पीडाको रूपमा स्थापित । ०७२ को भूकम्पले धाँजा फाटेर बनाएको यो पहिरो हरेक वर्षातमा सक्रिय हुने र लामो समयसम्म राजमार्ग ठप्प रहने । ०८२ साउन १८ गते आएको बाढीले इको क्षेत्रमा करिब २५० मिटर सडक प्रभावित हुँदा ५० मिटर त पूर्ण रूपमा बगेको स्थिति थियो । राजमार्ग बन्द हुँदा तातोपानी नाका ठप्प, छिमेकी मुलुकबाट आयातित चामल, फलफूल, लत्ताकपडा र चाडपर्वका सामग्री बाटोमै रोकिदा स्थानीय बासिन्दा मात्र होइन, देशको आपूर्ति प्रणालीमै दबाब सिर्जना भएको कठिन स्थिति । स्थानीय र व्यवसायी दुबैको धैर्यताको बाँध टुट्नै लागेको अबस्था ।
यस्तै संकटको घडीमा हो प्रशासकहरुको असली परीक्षा हुने । यस्तो घडीमा कतिपय प्रशासकहरु जिम्मेवारीबाट भाग्छन् तर सामाना गर्न अग्रसर रहे,भण्डारी । र परीक्षामा उत्र्तिण समेत भए उनी । उनले जिल्ला प्रशासन, सडक विभाग, भन्सार कार्यालय, यातायात व्यवसायी र सुरक्षानिकायसँग निरन्तर छलफल र समन्वय अगाडि बढाए । सडक खोल्नका लागि अल्पकालीन दीर्घकालीन खाका तयार गरे । तत्काल अस्थायी मर्मत गरी राजमार्ग सञ्चालनमा ल्याइयो । जसले तातोपानी नाका खुल्यो र रोकिएका गाडीहरू गन्तव्यतर्फ अघि बढे ।

बिज्ञापन

भण्डारीको दृष्टि त्यत्तिमै सीमित रहेन । पटक–पटक दुःख दिँदै आएको इको पहिरोलाई दीर्घकालीन रूपमा नियन्त्रण नगरी समस्या समाधान नहुने निष्कर्षसहित विस्तृत अध्ययन गरी अर्थ मन्त्रालयको सहमति लिई करिब ४९ करोड रुपैयाँ बराबरको पहिरो रोकथाम ठेक्का प्रक्रिया अघि बढिसकेको छ । यो निर्णयले अरनिको राजमार्गलाई दीर्घकालीन राहत दिने अपेक्षा गरिएको छ ।

विपद् व्यवस्थापनको सिलसिलामा अन्य जोखिमयुक्त स्थानहरू जस्तो : डाक्लाङ क्षेत्रमा रहेका तीनवटा पहिरो र घट्टे खोलाको एक पहिरोको प्राविधिक अध्ययन सुरु गरिएको छ । यी स्थानहरूमा सधैँ जोखिम रहेकाले अध्ययन सम्पन्न भएपछि छिट्टै ठेक्का सूचना प्रकाशन गर्ने तयारी भइरहेको छ । यस्तै अरनिको राजमार्गकै अर्को जटिल समस्या मानिने कोठे पहिरो नियन्त्रणका लागि पनि अध्ययन अघि बढाइएको भण्डारी बताउँछन् ।

बिज्ञापन

सडकका अलवा वाढी–पहिरोले क्षति पु¥याएका पुलहरूको पुनःनिर्माण कामलाई प्राथमिकतामा राखेर अहिले कार्यलय अगाडि बढेको छ । बाह्रविसे–कोदारी सडक खण्डको २५ किलोमिटर क्षेत्रमा डिबिएमसहित एसपी एस्फाल्ट लेभलको सडक निर्माण कार्य अगाडि बढेको छ । यो सडक स्थानीय आवागमनका लागि मात्र नभइ अन्तर्राष्ट्रिय व्यापार र पर्यटनका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण सडक मानिन्छ । यस्तै कालोपत्रे सडक विस्तार हुँदै जाँदा स्थानीयले वर्षौंदेखि भोग्दै आएको धुलो, हिलो र जोखिमको समस्या क्रमशः हट्दै गएको छ । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित सडक समस्यामा पनि कार्यालयको सक्रियता देखाएको छ । आयोजनाबाट प्राप्त बजेट सुनिश्चित हुनासाथ ठेक्का प्रक्रिया अघि बढाइएको छ भने करिब एक अर्ब रुपैयाँ बराबरको बहुवर्षीय ठेक्काका लागि प्रस्ताव पेश गरिएको छ । यसले पटक–पटक सडक भत्कने र टालटुल गर्ने प्रवृत्तिको अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

उनी पुग्नु अघि कार्यालय भवन समेत अत्यन्त साँघुरो र अव्यवस्थित कार्यकक्ष रहेकोमा आन्तरिक व्यवस्थापन सुधार गर्दै कार्यकक्षहरु व्यवस्थित बनाइएको छ । कार्यालय परिसरमा सरसफाइ र सुरक्षाका लागि तारबार लगाइएको छ । यी सबै कामको मूलमा भण्डारीको कार्यशैली देखिन्छ—फिल्डमै पुग्ने, समस्या प्रत्यक्ष बुझ्ने,सरोकारवालासँग संवाद गर्ने र दीर्घकालीन समाधान खोज्ने । यही कारण डिभिजन सडक कार्यालयप्रति आमनागरिकको विश्वास विस्तारै पुनःस्थापित हुँदै गएको छ ।

समग्रमा भन्नुपर्दा,इन्जिनियर नारायण दत्त भण्डारीको नेतृत्वमा सडक डिभिजनले केवल सडक बनाउने काम मात्र गरेको छैन, अवरुद्ध जीवनलाई गति दिने काम गरेको छ । पहिरोले थलिएको राजमार्ग खुल्दा, पुल बनेर बस्ती जोडिँदा र कार्यालय सुधारिँदा त्यसको प्रत्यक्ष लाभ नागरिकले अनुभूति गर्न थालेका छन् । यही कारण भण्डारीको कार्यकाललाई सडक पूर्वाधार सुधारको एक महत्वपूर्ण अध्यायका रूपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष