एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

नेकपा (एमाले) का नेता जनार्दन ढकाल आज नेपाली कांग्रेस मा प्रवेश गर्ने भएका छन्। उनीसँगै सयौं नेता तथा कार्यकर्ताहरू पनि कांग्रेसमा आबद्ध हुन लागेका छन्। राष्ट्रिय सभा गृहमा आयोजना हुने प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापति गगन थापा ले ढकाललाई औपचारिक रूपमा पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ।

बिज्ञापन

ढकाल पूर्व संविधानसभा सदस्य हुन्। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवाका पूर्वअध्यक्षसमेत रहेका छन्। पछिल्लो एक वर्षदेखि एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका उनी पार्टी गतिविधिमा निष्क्रियजस्तै देखिँदै आएका थिए। नेतृत्वसँगको असन्तुष्टि बढ्दै जाँदा उनले पार्टी परिवर्तन गर्ने संकेत दिएका थिए।

बिज्ञापन

ढकालको कांग्रेस प्रवेशलाई रसुवाको राजनीतिक वृत्तमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। स्थानीय तहदेखि संघीय निर्वाचनसम्म प्रभाव राख्ने नेताका रूपमा चिनिएका उनको बहिर्गमनले एमालेको संगठनात्मक संरचनामा असर पर्ने विश्लेषण गरिएको छ।

यससँगै कांग्रेसबाट उम्मेदवार बनेका इन्जिनियर मोहन आचार्यका लागि चुनावी वातावरण थप सहज बन्ने आकलन गरिएको छ। ढकालको प्रभाव क्षेत्रमा कांग्रेसको आधार बलियो हुने र आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण देखिन सक्ने अनुमान गरिएको छ।

बिज्ञापन

ढकालले कांग्रेस प्रवेशसँगै आफ्नो आगामी राजनीतिक योजनाबारे धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। कार्यक्रममा ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

बिशेष