भिजिट भिसा प्रकरण : विचौलिया पछि मतियारलाई पाँच लाख धरौटीमा छाड्न आदेश

भिजिट भिसा प्रकरणमा मुछिएका विचौलिया छुटेका साता दिन पछि विशेष अदालतले मतियारसँग समेत पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको छ । गत साता मात्र विशेष अदालतले यही प्रकरणमा जोडिएका मुख्य विचौलियालाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको अदालतले साता दिन पछि मतियारको रुपमा अख्तियारले मुद्धा चलाएको प्रतिवादीसँग पाँच लाख धरौटी माग गरेको हो ।

बिज्ञापन

अख्तियारले भिजिट भिसा प्रकरणमा कविता पौडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरी दुई वटा मुद्दा दायर गरिएको थियो । अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग मिलेर सेटिङ गरी भिजिट भिसामा मानिसहरू विदेश पठाउने कार्यमा पौडेलको प्रत्यक्ष संलग्नता रहेको पौडेलले भट्टराईको ’मतियार’ बनेर अवैध रूपमा सङ्कलित रकम व्यवस्थापन गर्ने र घरजग्गामा लगानी गर्ने गरेको आरोप लागेको थियो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारतर्फ ७९ लाख ८० हजार रुपैयाँ बिगो र सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी उनी विरुद्ध मुद्दा दायर गरेको थियो । भट्टराईले घुसबापत आर्जन गरेको रकम पौडेलको नाममा जग्गा खरिद गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी आरोपपत्रमा गरिएको भए पनि विशेष अदालतको मंगलबारको इजलाशले घुस बापतको रकम लुकाउन भूमिका खेलेको आरोप लागेकी मतियार कविता पौडेललाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेलसँग ५ लाख धरौटी लिएर छाड्न गर्ने आदेश दिएको हो ।

यस अघि अघिल्लो सातामात्र विचौलिया बालकृष्ण खड्कालाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । गत साता विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठरविदुर कोइरालाको इजलासले ग्रिनलाइन होलिडेज प्रालिका सञ्चालक खड्कालाई धरौटीमा छाड्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ मंसिरमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा प्रतिवादी रहेका भट्टराई यसअघि नै पाँच लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष