बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निर्वाचन आचारसंहिता विपरित एक प्रमुख प्रशासकीय अधिकृत नै खुलेरै दलका लागि मत लाग्दै हिडेको पाइएको छ । यसरी खुलेरै राजनीतिक दलका पक्षमा मत माग्दै हिड्ने प्रमुख प्रशासकीय अधिकृत हुन,धर्मराज न्यौपाने । जो अहिले मधुवन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् ।

बिज्ञापन

निर्वाचन आचारसंहितामा २०८२ मा सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना विकास समिति तथा सो कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था रहेको छ । त्यसैगरी कर्मचारीले सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना प्रचारप्रसार सामग्री पोस्ट वा सेयर गर्न वा प्रतिक्रिया दिन वा सामाजिक सञ्जालमा मत माग्न नहुने व्यवस्था गरेको भए पनि प्रमुख प्रशासकीय अधिकृत न्यौपाने नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार किशोरसिंह राठौरका लागि प्रमुख प्रशासकीय अधिकृत न्यौपाने मत माग्दै चुनावी प्रचारप्रसार हिँडेको भिडियो सामाग्री बाहिरिएको छ ।

बिज्ञापन

गत आइतबार मधुवन नगरपालिका– ७ को प्रगति बजारनजिक नेपाली कांग्रेसको प्रचारप्रसार सम्पर्क कार्यालय स्थापनाको कार्यक्रममा भेला भएका स्थानीय प्रमुख प्रशासकीय अधिकृत न्यौपाने पार्टीको पक्षमा मत माग्दै गरेको भिडियो सार्वजनिक भएको हो ।

निर्वाचन आचारसंहिता २०८२ ले निजामती कर्मचारीले कुनै उम्मेदवारले पार्टी र उम्मेदवारको प्रचारप्रसार गरेको पाइएमा, लिखित वा मौखिक उजुरी आएमा निर्वाचनको आचारसंहितामा उल्लंघन हुने र यस्तो गरेमा निर्वाचन आयोगमा कारबाहीका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको हवाई सुरक्षा र युरोपियन युनियनको प्रतिबन्ध

अध्यादेशबाटै निजामती सेवा ऐन ल्याउने तयारी,ठूलो संरचनागत हेरफेरको प्रस्तावले कर्मचारीभित्र हलचल

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

बिशेष