भ्रष्टाचार मुद्धा खेपिरहेका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारीले पाए सफाइ

विशेष अदालतले भ्रष्टाचार मुद्धामा शाखा अधिकृत,लेखापाल,लेखासहायकसहित सात जना कर्मचारीलाई सफाइ दिएको छ । अदालतले कपिलवस्तुको मायादेवी गाउँपालिकाका चार जना तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,एक लेखा अधिकृत,एक लेखापाल र अर्का एक लेखा सहायक गरी भ्रष्टाचार मुद्धा खेपिरहेका सात कर्मचारीलाई सफाइ दिएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारीसहित ७ जना विरुद्ध स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेस नगरी हिनामिना भन्दै विशेषमा मुद्धा लगेकोमा सातै जनाले सफाइ पाएका हुन । अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/ ७६ देखि २०७८/ ७९ सम्म पटक–पटक लिएको पेस्कीमध्ये ४६ लाख ७ हजार तीन सय रकम बराबरको बिल भरपाई पेस नगरी र सो रकम फिर्ता नगरी सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग थियो । पुरानो पेश्की फर्छ्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेश्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतका साथै लेखा अधिकृत,लेखापाल र लेखासहायकलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको थियो ।
सोही मुद्धामा सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सातै जना कर्मचारीहरुलाई सफाइ दिएको हो ।

बिज्ञापन

भ्रष्टाचार मुद्धामा सफाइ पाउनेहरुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू महेन्द्र प्रसाद यादव, रामचन्द्र ढकाल, कृष्ण प्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष