बिचौलियाको कब्जामा राज्य संयन्त्र, सुशासन नारामै सीमित : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्य सञ्चालनका विभिन्न तहमा बिचौलियाको प्रभाव बढ्दै गएको भन्दै त्यसको अन्त्य नगरे सुशासन केवल नारामै सीमित हुने चेतावनी दिएका छन्।

बिज्ञापन

उनले बजेट निर्माण, योजना छनोट, महत्वपूर्ण निकायका नियुक्ति, मन्त्री नियुक्तिदेखि सरुवा र बढुवासम्मका प्रक्रियामा शक्तिशाली बिचौलियाहरूको हस्तक्षेप बढ्दो रहेको बताए। राईका अनुसार सरकार परिवर्तनसम्मका गतिविधिमा समेत बिचौलियाहरूको प्रभाव देखिन थालेको छ, जसले राज्य संयन्त्रलाई कमजोर बनाइरहेको छ।
“राज्य सञ्चालकहरूले सबै क्षेत्रमा बिचौलिया निशेष गर्न नसके सुशासन सम्भव हुँदैन,” उनले भने, “यिनै बिचौलियाहरूले सरकार र त्यसअन्तर्गतका निकायहरूलाई आफ्नो नियन्त्रणमा लिँदै इशारामा चलाउन थालेका छन्।”

बिज्ञापन

प्रमुख आयुक्त राईले बिचौलिया संस्कृतिले नीति निर्माणदेखि कार्यान्वयनसम्म विकृति भित्र्याएको उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व र विधिको शासन सुदृढ नगरे अवस्था झन् जटिल बन्ने बताए।

उनले सबै राजनीतिक दल, सरकारी निकाय तथा सरोकारवाला पक्षलाई बिचौलिया प्रभावविरुद्ध एकजुट हुन आग्रह गर्दै राज्यलाई सुशासनतर्फ अघि बढाउन कडाइका साथ सुधारात्मक कदम चाल्नुपर्नेमा जोड दिए।राईले समयमै सुधार नगरे राज्य नै धराशायी अवस्थातर्फ जान सक्ने चेतावनीसमेत दिएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष