राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

 राजनीति समाजलाई नेतृत्व दिने कला र जिम्मेवारी हो। तर विडम्बना, आजको यथार्थमा राजनीति शब्द सुन्नासाथ धेरै नागरिकको मनमा भ्रष्ट्राचार, स्वार्थ र बेइमानीको छवि आउँछ। राजनीतिको मूल आत्मा भनेको नैतिकता, सेवा र जिम्मेवारी हो, तर समयसँगै यो आधार हराउँदै गएको छ। जब नैतिकता कमजोर हुन्छ, राजनीति आफ्नै अस्तित्वलाई संकटमा पार्छ। त्यसैले आजको आवश्यकता नै “राजनीतिक नैतिकताको पुनर्जन्म” हो, जसबाट नागरिकको भरोसा र विश्वासलाई पुनःस्थापना गर्न सकिन्छ।

बिज्ञापन

आजको विश्वमा राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम मात्र होइन, नागरिकको जीवनस्तर, समाजको स्थायित्व र राष्ट्रको प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको छ। तर विगतका दशकहरूमा धेरै देशहरूमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, अनियमितता र नीतिगत कमजोरीका कारण जनविश्वास कमजोर भएको देखिन्छ। लोकतन्त्र र सुशासनको आधार नै राजनीतिक नैतिकता हो र यसको वास्तविक फलस्वरूप मात्र जनविश्वासको पुनर्जागरण सम्भव हुन्छ।

बिज्ञापन

राजनीतिक नैतिकताले नेतृत्वकर्तालाई पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र जनकल्याणमा केन्द्रित बनाउँछ। जब नेता आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको हितमा निर्णय गर्छन्, तब मात्र नागरिकले नेतृत्वमा भरोसा गर्न सक्छन्। यसको विपरीत, भ्रष्टाचार, शक्ति दुरुपयोग र निर्णय प्रक्रियामा पारदर्शिताको कमीले जनविश्वासको विनाश गर्दछ।

आजको युगमा नागरिक जागरूक छन्। सूचना प्रविधि, सामाजिक सञ्जाल र सञ्चार माध्यमले नागरिकलाई नेतृत्वको प्रत्येक कदम निरीक्षण गर्न सक्षम बनाएको छ। यसले सकारात्मक दबाब सिर्जना गर्दछ। नेता र राजनीतिक दलहरूलाई जनतासँग संवाद गर्न, आफ्नो निर्णय स्पष्ट पार्न र नीति निर्माणमा उत्तरदायी बन्न बाध्य बनाउँछ। यहाँ नै राजनीतिक नैतिकताको वास्तविक महत्व देखिन्छ।

बिज्ञापन

राजनीतिक नैतिकता र जनविश्वास बीचको सम्बन्ध द्वन्द्व र सहअस्तित्वको आधारमा स्थापित हुन्छ। जब नेता नैतिक रूपमा कार्य गर्छन्, उनीहरूको विश्वासले मात्र समाजमा स्थायित्व ल्याउँछ। नागरिकले नियम र नीतिको पालनामा सक्रिय भूमिका खेल्छन् र नेतृत्वलाई उत्तरदायित्वपूर्ण बनाउँछन्। यस प्रक्रिया मार्फत मात्र लोकतन्त्र जीवित रहन्छ र नयाँ युगका चुनौतीहरू सामना गर्न सक्षम हुन्छ।

जनविश्वासको पुनर्जागरण केवल सामाजिक स्थायित्वका लागि मात्र होइन, आर्थिक विकास, शान्ति र समृद्धिका लागि पनि अत्यावश्यक छ। जब नागरिकले आफ्नो नेतामा भरोसा गर्छन्, उनीहरू नीति पालनामा सहमत हुन्छन्, सामाजिक सहकार्य बढाउँछन् र दीर्घकालीन विकासका लागि आवश्यक संयम अपनाउँछन्। यसले भ्रष्टाचार घटाउँछ, कानूनी शासन सुदृढ बनाउँछ र राष्ट्रिय परियोजनाहरू सफल बनाउँछ।

राजनीतिक नैतिकता र जनविश्वासको पुनर्जागरण नयाँ युगको आधार हो। यो व्यक्तिको चरित्रमा मात्र निर्भर छैन; यसले प्रणालीगत सुधार, पारदर्शिता, नागरिक सहभागिता र नेतृत्वको उत्तरदायित्वमा आधारित छ। आजको चुनौती नैतिक नेतृत्व र जनविश्वासको स्थायित्व सुनिश्चित गर्नु हो। जब राजनीतिक नेताले पारदर्शिता, उत्तरदायित्व र जनकल्याणलाई प्राथमिकता दिन्छन्, तब मात्र समाज र राष्ट्र दिगो विकास र स्थायित्वको मार्गमा अघि बढ्छ।

राजनीतिक नैतिकता र जनविश्वासको संयोजनले लोकतन्त्रलाई मात्र बलियो बनाउँदैन, भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम राष्ट्र निर्माण गर्दछ। यही कारणले आधुनिक युगमा यसलाई सतत विकास र सामाजिक स्थायित्वको आधार मानिन्छ।

आज नेपालको सन्दर्भमा हेर्दा, लोकतन्त्रले जनतालाई आवाज दिएको भए पनि राजनीतिक दलहरूको व्यवहारले त्यो आवाजलाई कमजोर बनाएको छ। भ्रष्ट्राचार, भागबण्डा, नातावाद र व्यक्तिगत स्वार्थले जनतामा असन्तोष र आक्रोश बढाएको छ। राजनीतिज्ञप्रति विश्वास गुम्दा नागरिक र राज्यबीचको सम्बन्ध कमजोर हुन्छ, जसले शासन प्रणालीलाई नै संकटतर्फ धकेल्छ। यसरी देखिन्छ—विश्वास बिना लोकतन्त्रको जग नै कमजोर हुन्छ।

तर आशा अझै बाँकी छ। पुनर्जन्मको अर्थ पुरानो आत्माको नयाँ अवतार हो। राजनीतिक नैतिकताको पुनर्जन्म भनेको नेताहरूले आफ्नो चेतनामा परिवर्तन ल्याएर पारदर्शिता, उत्तरदायित्व र सत्यको बाटो समात्नु हो। जनतासँग गरेको वाचा पालन गर्नु, निष्ठापूर्वक काम गर्नु र सत्तालाई सेवा ठान्नु—यिनै तत्वहरूले मात्र जनविश्वास पुनःनिर्माण गर्न सक्छ।

नागरिक समाज, शिक्षण संस्थान, सञ्चार माध्यम र युवापुस्ताको दबाबले पनि राजनीति शुद्ध बनाउन सहयोग पुर्‍याउन सक्छ। जब समाजले नैतिकता माग्छ, नेताले त्यसैअनुरूप आफूलाई ढाल्नुपर्छ। जनता केवल वचन होइन, कर्मद्वारा प्रमाणित इमान्दारी चाहन्छन्।

राजनीति तब मात्र दीर्घकालीन सफल हुन्छ जब यसले सत्य, नैतिकता र सेवा भावलाई आफ्नो मूल आधार बनाउँछ। जनविश्वास पुनःस्थापित हुने दिन त्यही हो, जब राजनीति व्यक्तिगत स्वार्थको होइन, सामूहिक हितको पर्याय बन्नेछ। त्यसैले हामी सबैको कर्तव्य हो—राजनीतिक नैतिकताको पुनर्जन्मका लागि निरन्तर खोज, प्रयास र सचेतना जगाउनु। यो पुनर्जन्म केवल नेताहरूको लागि होइन, सम्पूर्ण समाजको उत्थानका लागि अपरिहार्य यात्रा हो।

कुशल नेतृत्वमा बौद्धिकता, दूरदर्शिता, मिलनसारिता र नैतिकता आवश्यक हुन्छ। यिनै गुणहरूले संगठनलाई मार्गदर्शन मात्र गर्दैन, बरु कर्मचारीहरूलाई उत्साहित र आत्मसमर्पित बनाउँछ। त्यस्तै, राजनीतिक नेतृत्वमा यी गुणहरूको अभाव हुँदा भ्रष्टाचार, गुटबन्दी, स्वार्थ र अविश्वासको संस्कृति जन्मिन्छ। परिणामतः नागरिकहरूले राज्यप्रति आस्था गुमाउँछन्।

राजनीति सामूहिक हितको मार्गदर्शन हो। महाभारतमा युधिष्ठिरलाई धर्मराज भनिएको थियो किनभने उनले सत्य र नैतिकताको आधारमा नेतृत्व गरे। त्यस्तै, प्लेटोले भनेका थिए—“शासक दार्शनिक हुनुपर्छ।” यी दृष्टान्तहरूले प्रस्ट पार्छन् कि साँचो नेतृत्व सत्ताको लोभमा होइन, नैतिक उत्तरदायित्वमा टेकेको हुन्छ।

नेपालमा राजनीतिक दलहरू अझै पनि गुटगत स्वार्थमा फँसेका छन्। जसरी संगठनमा अनुयायीहरूको विश्वासबिनाको नेता विफल हुन्छ, त्यसरी नै राष्ट्रमा जनताको विश्वासबिनाको नेतृत्व पनि दीर्घकालीन स्थिरता दिन सक्दैन। यही कारणले राजनीतिक नैतिकताको पुनर्जन्म अपरिहार्य भएको छ।

जनविश्वास पुनःस्थापना गर्न पारदर्शिता, जवाफदेहीता, र निष्पक्षता अनिवार्य हुन्छ। संगठनमा कुशल व्यवस्थापकले जसरी कर्मचारीहरूलाई उत्प्रेरित र मार्गदर्शन गर्छ, त्यसैगरी राजनीतिक नेताले जनतालाई विश्वास दिलाउँदै सह–भागीदार बनाउनुपर्छ। नागरिकसँग वाचा पुरा गर्नु, कानुनी शासनको पालना गर्नु, र सामूहिक हितलाई प्राथमिकता दिनु—यी नै राजनीतिक नेतृत्वको असली गुण हुन्।नैतिक राजनीतिक नेतृत्व अनुकरणीय आचरण र आत्मत्यागको अभ्यास हो। एक साँचो नेता भनेको जनताको पीडामा संवेदनशील, आफ्ना कमजोरी स्वीकार गर्ने, र साझा भविष्यको लागि स्पष्ट दृष्टि प्रस्तुत गर्ने व्यक्ति हो।

नेतृत्वको लक्ष्य संगठनात्मक वा राजनीतिक—दुवै अवस्थामा एउटै हो : साझा उद्देश्य हासिल गर्दै सामूहिक हित सुनिश्चित गर्नु। कुशल नेतृत्वबिनाको संगठन जस्तै, नैतिकताबिनाको राजनीति पनि अधुरो हुन्छ। त्यसैले आजको नेपालले खोजिरहेको नेतृत्व त्यही हो—जसले संगठनलाई मात्र होइन, राष्ट्रलाई समेत जनविश्वास र नैतिकतामा पुनःजन्म दिन सकोस्।

एक कुशल नेतामा आकर्षक व्यक्तित्व तथा प्रसन्न मुद्रा हुनुपर्छ । ऊ मानसिक तथा शारीरिक दृष्टिले स्वस्थ एवं सुदृढ हुनुपर्छ । उसमा शान्त स्वभाव, बोल्ने क्षमता र उचित व्यवहार गर्ने क्षमता हुनुपर्छ । साथै उसमा कडा परिश्रम गर्ने जाँगर तथा फूर्ति हुनुपर्छ । एउटा कुशल नेतामा अगुवाइ र पहल गर्ने क्षमता हुनुपर्छ । व्यवसायको वातावरणमा अत्यधिक अनिश्चितता तथा जटिल हुनाले नेताले निर्णयहरू शीघ्र गर्नुपर्ने हुन्छ । त्यसैले कुशल नेतामा शान्तपूर्वक समस्याहरूको सामना गर्न आत्मविश्वास, कल्पनाशक्ति, सिर्जनात्मक क्षमता र साहस हुनुपर्छ । एउटा कुशल नेताको स्वभाव सन्तुलित हुनुपर्छ । यसका लागि नेताले आवेग, अस्थिरता र निराशाजस्ता संवेगहरू त्यागी सहिष्णुताको विकास गर्नुपर्छ । समस्याको सामना गर्नुपर्दा जहिले पनि ऊ उत्साही र प्रसन्न रहनुपर्छ । कुनै पनि नेता सफल नेता बन्नका लागि उसको स्वभाव लोचदार हुनुपर्छ । आवश्यकतानुसार अरूका विचारलाई स्विकारेर आफ्नो विचारलाई परित्याग गर्न पनि तयार हुनुपर्छ । हरेक क्षेत्र द्रुतगतिमा परिवर्तन भइरहेको अहिलेको परिस्थितिमा लोचदार नीति अपनाउनु महत्वपूर्ण मानिन्छ । एउटा कुशल नेतामा जिम्मेवारीको भावना हुनुपर्छ । आफूले गरेका सम्पूर्ण निर्णयहरूको जिम्मेवारी आफैंले बहन गर्नुपर्छ । साथै आफ्ना अनुयायीहरूले गरेका क्रियाकलापहरूको जिम्मेवारी पनि बहन गर्नुपर्छ । सहायकहरूले उसलाई विश्वास गर्न ऊ विश्वासिलो हुनुपर्छ । कुशल नेता विश्वासिलो हुनुपर्छ जोप्रति सहायकहरू भर पर्न सकून् । उसले परिणामका लागि उत्तरदायित्व वहन गर्न तत्पर रहनुपर्छ ।

नेता चरित्रवान् हुनुपर्छ । नेताको सच्चरित्रले अनुयायीहरूको सामु अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । उसको आचरण र व्यवहार स्वच्छ हुनुपर्छ । उसको क्रियाकलाप र मनोवृत्ति नैतिक रूपमा समर्थनीय हुनुपर्छ । यसका साथै ऊ इमान्दार तथा शिष्ट हुनुपर्छ । यसले अनुयायीहरूमा आत्मविश्वास सिर्जना गर्छ । नेता एक्लैले संगठनात्मक क्रियाकलाप सञ्चालन गर्न सक्दैन । उसले अनुयायीमार्फत विभिन्न क्रियाकलापहरू सम्पादन गराउनुपर्ने हुनाले नेता अनुयायीहरूसँग निकट हुनुपर्छ । अनुयायीहरूको विचार, भावना, सोंच र दृष्टिकोणलाई बुभझ्न सकेमा मात्र नेता सफल बन्न सक्छ । नेतामा व्यक्तिगत लक्ष्य र स्वार्थलाई त्यागेर संगठन र संगठनात्मक लक्ष्यप्रति आफूलाई समर्पित गर्ने गुण हुनुपर्छ । उसले व्यक्तिगत र अनौपचारिक क्रियाकलापभन्दा सामूहिक र अनौपचारिक कार्यहरूमा केन्द्रित हुनुपर्छ । नेता सामूहिक हितका लागि समर्पित भएमा निश्चय नै उसले अधिनस्थ कर्मचारीलाई पनि संगठनप्रति समर्पित गराउन सक्छ । नेतृत्व गर्ने मानिसले आफ्नो क्षमता हेरेर जोखिम उठाउनुपर्ने हुन्छ, तर धेरै मानिस कपोलकल्पित डरका कारण निर्णय गर्दैनन् । नेतृत्व क्षमतालाई वृद्धि गर्न डरको उचित प्रबन्धन गर्नु जरुरी छ । कुनै पनि निर्णय गर्दा पूर्ण रूपमा सचेत अवस्थामा रही निर्णय गर्नुपर्छ, न कि डरका कारणले आतंकित भएर ।नेतृत्वमा हुने सबैभन्दा महत्वपूर्ण क्षमता भनेको मानिस र मानिसको भावनालाई बुझ्न सक्नु हो ।

समाज र नेतृत्वको जन्मका बीचमा परिपुरक सम्बन्ध रहेको हुन्छ । समाज जस्तो छ, त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । हामी कस्ता छौं, हामो समाज कस्तो छ त्यही अनुसारको नेता हामीले पाउने हो । नेतृत्वले तीन तरिकाबाट जन्मन्छ । एउटा हो जन्मदैको अविछिन्न गुण र अद्वितीय शक्ति । केही मानिसहरु जन्मँदै यस्तो विलक्षण गुणले सजिएका हुन्छन्, उनीहरुमा आत्मिक रुपमा यस्तो गुण समायोजित भएर आएको हुन्छ । ब्यक्तित्व, बोली र ब्यवहारले अरुलाई सम्मोहित पार्न सक्दछन । अर्को हुन्छ– करिश्मा । करिश्मा मेहनत र परिश्रमबाट बनेको हुन्छ । मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ । तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ । जस्तैः महात्मा गान्धी, अब्राहम् लिंकन आदिलाई यस श्रेणीमा राख्न सकिन्छ । तेस्रो हो– कानूनी वैधानिकता । नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता नै हो । तर, कानूनी वैधानिकताले मात्र माथिका दुईवटा गुणको अभाव भएको ब्यक्ति वास्तविक नेता बन्न सक्दैन । अहिले वास्तविक नेता जन्मन नसकेको मुख्य कारण पनि कानूनी वैधानिकताबाट मात्र नेता जन्मन्छ भन्ने चिन्तन नै हो । नेपालमा राजनीतिमा लागेका नेताहरुको समस्याहरू समयसँगै गम्भीर बन्दै गएका छन्। एक समयमा राजनीति समाजसेवा र जनताको कल्याणको मार्ग थियो, तर अहिले यसलाई प्रायः व्यक्तिगत लाभ र स्वार्थको एउटा साधनका रूपमा हेरिन्छ। नेपालका धेरै नेताहरू अहिले लगानीकर्तामा परिणत भएका छन्। उनीहरूले विभिन्न व्यावासिक क्षेत्रमा, जस्तै होटल, ट्राभल एजेन्सी, अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरूको संचालन गर्दै छन्। यसबाट स्पष्ट हुन्छ कि राजनीति अब एउटा व्यापारको रुप लिइसकेको छ र यसले नेपालको राजनीतिक परिपाटीलाई दुषित बनाउने खतरा पैदा गरेको छ।

नेपालका नेताहरूमा पारदर्शिता र उत्तरदायित्वको अभाव छ। राजनीतिक शक्ति र पदवी हासिल गर्ने मुख्य उद्देश्य व्यक्तिगत लाभ मात्र रहन थालेको छ। यस कारण, सार्वजनिक सेवा र जनताको हितका लागि गरिएका निर्णयहरू प्रायः निजी स्वार्थसँग जोडिएका हुन्छन्। यसले राजनीतिलाई विश्वसनीय र प्रभावकारी बनाउन कठिन बनाएको छ। विशेष गरी, नेताले नीति निर्माण गर्दा आफूलाई र आफ्ना समर्थकहरूको आर्थिक फाइदा विचार गर्ने प्रवृत्ति देखिन्छ, जसले राजनीतिक प्रणालीलाई कमजोर बनाउँछ।

नेपालको राजनीतिमा अहिले देखा पर्ने एउटा ठूलो समस्या भनेको राजनीति गर्ने उद्देश्यको विकृति हो। राजनीति त्याग, बलिदान र सार्वजनिक सेवाको लागि हुनु पर्छ भन्ने परम्परा अब नपाइने स्थिति देखिन्छ। अहिले नेपालमा राजनीति सधैं लाभ र भ्रष्टाचारका अवसरको रूपमा विकसित भएको छ। जनतालाई साँचो सेवाप्रतिको विश्वास छैन, र यही कारणले गर्दा राजनीति गर्नेको इमेज दिनप्रतिदिन गिरिरहेको छ। नेताको पदवी प्राप्त गर्नका लागि व्यक्तिगत स्वार्थ र पद प्राप्तिको होड सबै दलका नेता बीच देखिन्छ। यसले राजनीतिमा प्रतिस्पर्धा गर्ने भावना थपेको छ, तर त्यो प्रतिस्पर्धा समाजको भलाईका लागि होइन, बरु व्यक्तिगत लाभका लागि हो।

संसारभरि राजनीति प्रायः त्याग र समर्पणको क्षेत्रमा पाइन्छ। राजनीतिमा लाग्नका लागि एक व्यक्ति कुनै न कुनै हदसम्म आफ्ना व्यक्तिगत चासो र स्वार्थलाई त्याग गर्नुपर्छ। राजनीति भनेको सेवा र जनताको लागि काम गर्नु हो। यसमा स्वार्थ र भ्रष्टाचारको कुनै स्थान छैन। तर, नेपालमा राजनीति नाफा र भ्रष्टाचारका अवसरका रूपमा बदलिएको छ। यसले समग्रमा नेपालको राजनीतिमा अविश्वास र असन्तुष्टि सिर्जना गरेको छ।

२१ औं शताब्दीमा नेतृत्वको सफलता केवल त्यागमा मात्र निर्भर गर्न सक्दैन। नेतृत्वको मूल्यांकन गर्दा, व्यक्तिको निर्णय, नेतृत्वको दूरगामी प्रभाव र ती निर्णयहरूले जनताको जीवनमा ल्याउने परिवर्तनको आधारमा पनि मूल्यांकन गर्नु आवश्यक छ। नेतृत्व भनेको केवल आफूलाई जिताउनु मात्र होइन, अपितु समाज र राष्ट्रको लागि स्थायी र सकारात्मक प्रभाव पार्नु हो।

नेतृत्वको वास्तविक मूल्याङ्कनमा समग्र समाजको भलाईका लागि लिएका निर्णयहरूको महत्त्वपूर्ण स्थान हुनुपर्छ। एउटा नेता आफ्नो व्यक्तिगत स्वार्थको लागि काम नगरी जनतालाई हानि नगरी काम गर्नुपर्छ। नेपालमा राजनीतिक प्रक्रिया र नेतृत्वको मूल्याङ्कन यस्ता आधारहरूमा आधारित हुनु आवश्यक छ जसले राष्ट्र र जनताको दीर्घकालीन फाइदा सुनिश्चित गर्न सक्छ।

त्यसैले, नेपालका नेताहरूलाई अब नयाँ दृष्टिकोण र जिम्मेवारीका साथ राजनीति र नेतृत्व गर्नुपर्ने आवश्यकता छ। उनीहरूले राजनीतिलाई व्यापारको रूपमा लिँदैनन् भने र समाजका लागि काम गर्न तल्लिन रहन्छन् भने, नेपालमा राजनीति पद्धतिमा सुधार र विश्वासको पुनःस्थापना गर्न सकिन्छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

बिशेष