निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

 फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावकारी र सहभागितामूलक बनाउन बझाङको साइपाल गाउँपालिकाका युवाहरूले ६ दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।

बिज्ञापन

मतदाता सहभागिता न्यून हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै युवाहरूले फागुन १८ देखि २३ गतेसम्म सार्वजनिक बिदा आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई इमेलमार्फत ज्ञापनपत्र पठाएका हुन् ।

बिज्ञापन

ज्ञापनपत्रमा निर्वाचनलाई सामान्य प्रशासनिक प्रक्रिया नभई लोकतन्त्रको आत्मा अभिव्यक्त हुने ऐतिहासिक अवसरका रूपमा चित्रण गरिएको छ । “यो दिन नागरिकको आवाज मतपत्रमार्फत बोल्छ,” भन्दै निर्वाचनलाई सहज बनाउनु राज्यको प्रमुख जिम्मेवारी भएको दाबी गरिएको छ ।

युवाहरूको तर्क अनुसार फागुन १८ र १९ गते पहाड तथा तराईमा होली पर्व परेकाले ती दिन स्वाभाविक बिदा हुन्छ । २० गते निर्वाचनको अघिल्लो दिन भएकाले तयारी र यात्राका लागि बिदा दिनुपर्ने, २१ गते निर्वाचन दिवस स्वयं सार्वजनिक बिदा हुने, २२ गते शुक्रबार भएकाले मतदानपछि फर्कन सहज होस् भन्ने उद्देश्यले बिदा आवश्यक रहेको उल्लेख छ । २३ गते शनिबार परेकाले त्यस दिन पनि बिदा स्वतः पर्नेछ ।

बिज्ञापन

साइपालका युवा साजन बोहराका अनुसार बाँकी दुई दिन—फागुन २० र २२—सरकारले निर्णय गरेर बिदा दिनुपर्छ । “देशको भौगोलिक बनावट, यातायातको अवस्था र रोजगारीका कारण धेरै नागरिक मतदानका दिन घर पुग्न सक्दैनन्,” उनले भने, “५–६ दिनको बिदाले कामका लागि बाहिर रहेकाहरूलाई मतदानको अवसर दिन्छ ।”

उनले विदेशमा रहेका नेपालीलाई तत्काल मतदानमा जोड्न कठिन भए पनि देशभित्र रहेका मतदातालाई मतदानमैत्री वातावरण दिन सरकार चुक्न नहुने बताए ।

युवाहरूको विश्वास छ—सरकारले माग सम्बोधन गरे देशव्यापी रूपमा मतदाता सहभागिता उल्लेख्य रूपमा बढ्नेछ र निर्वाचनप्रतिको जनविश्वास थप बलियो हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष