तस्करीको गोदाम खुल्दा तस्कर रुन्चे मदन आक्रामक, सशस्त्र प्रहरीमाथि हमला

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक घरमा सञ्चालन भइरहेको अवैध गोदाममा छापा मार्न पुगेको संयुक्त सुरक्षा टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ । आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

बिज्ञापन

सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले रुन्चे नामले परिचित  मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डारण गरिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो ।

बिज्ञापन

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार गोदामबाट करिब ७ लाख रुपैयाँ बराबरको अवैध कपडा नियन्त्रणमा लिएपछि तस्कर समूह आक्रमणमा उत्रिएको थियो । तस्करहरूले ढुंगामुढा गर्दा सुरक्षाकर्मी घाइते हुनुका साथै सशस्त्र प्रहरी बलका एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ ।

घाइते सशस्त्र प्रहरीको अवस्था सामान्य रहेको र घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको कपडा आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाइएको छ ।सीमावर्ती क्षेत्रमा अवैध कारोबारविरुद्ध निगरानी अझ कडा बनाइने सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘नियुक्ति सच्याउन हिजै दिएको थिएँ निवेदन’

सब–इन्जिनियर हत्याका मुख्य योजनाकार : लोकसेवाको वैकल्पिक उमेद्धार

सरुवाको भोलिपल्टै सहसचिवले दिए सेवाबाटै राजीनामा

जब पूर्व सचिवको नातेदारलाई एक तह बढुवा गरी निर्वाचनमा खटाइयो

अध्यागमनको आग्रह : विदेश भ्रमणअघि स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर मात्र आउनू

निर्वाचनमा २ लाख २१ हजार कर्मचारीलाई खटाइँदै

होलीमा भेला हुन र चुनावी प्रचार गर्न प्रतिबन्ध

सरकारी कारोबारमा हुने ‘एकाउन्ट पेयी’ चेकको प्रयोगमा नयाँ व्यवस्था

बिशेष